+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

काङ्ग्रेसाँ कोइराला, माओवादीमा दाहाल थर भएकाहरूले अवसर पाएको चाइन्जो हाम्रो नेपालाँ ज्वाइँ सभापति भएपछि केसी परिवारले इतिहासमै दर्ज हुने गरी अहिले अवसर पाएको चर्चा घर-घराँ छ । काङ्ग्रेस सग्लो होस् कि नहोस्, ज्वाइँसाव सभापति भावेला ससुरा केन्द्रीय सदस्य, समानुपातिक सांसद झन्डै–झन्डै प्रतिपक्ष दलका नेता हुनुभा, जन्तरे ससुरा केन्द्रीय सदस्य, अन्तरे ससुरा प्रतिनिधिसभाको टिकट पा, जनताले नपत्या, कान्छा ससुरा पातालका जनसम्पर्क प्रमुख पाएसि च्याइन्जो अवसरविहीन धुर्व दाइलाई छट्पटी नहोस् पनि कसरी ? पञ्चायतकालभरि पार्टी थामेनि प्रजातन्त्र र गणतन्त्रकालाँ केन्द्रीय सदस्यसमेत हुन नसकेसि केउरिनीतिरै गाईगोठालो भए नि केको खसखस चाइन्जो ! भिनाजु केन्द्रीय सभापति भावेलाँ सालो जिल्लामा तरुण दलको फ्याट्ट ॐश्री अध्यक्ष हुन खोजेसि खत्रीहरू विशेष महाधिवेशन पक्षधर नबन्ने त चाइन्जो कुरै भएन । गुट फेरेर क्षेत्रीका लैलैमा काङ्ग्रेसको विशेष महाधिवेशन पक्षाँ लागेर सहमहामन्त्री चिट्ठा पारेका बादुर दाइलाई पद जोगाइराख्न लगानी महँगो हुने चाइन्जो ज्योतिषीले पो भन्ने गरेको जिल्लातिरका चियाचौतारीमा गफ पो हुने गर्या छ भन्या !

Utsuk Books & Stationery

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह