काठमाडौँँ । सुजुकी मोटरसाइकल नेपालले आधुनिक स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ ‘सुजुकी एक्सेस १२५ कनेक्टेड’ स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडाँैमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा उक्त स्कुटर सार्वजनिक गरेको हो ।

नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग जोड्न सकिने डिजिटल एलसिडी डिस्प्ले र ‘सुजुकी राइड कनेक्ट’ सुविधा उपलब्ध गराइएको छ । यस प्रविधिले चालकलाई स्कुटर चलाइरहेकै अवस्थामा यात्रासँग सम्बन्धित विभिन्न सूचना प्राप्त गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । स्कुटरमा टर्न–बाई–टर्न नेभिगेसन, गन्तव्यमा पुग्न लाग्ने अनुमानित समय, फोन कलको सूचना, एसएमएस तथा ह्वाट्सएप नोटिफिकेसन र मिस्डकल अलर्टलगायतका सुविधा छन् । मोबाइलको ब्याट्री र नेटवर्क अवस्थासम्बन्धी जानकारी पनि स्कुटरको डिजिटल डिस्प्लेबाट हेर्न सकिनेछ । यसमा स्पिड अलर्ट, ट्रिप रेकर्ड, स्कुटर पार्क गरिएको अन्तिम स्थान र नियमित सर्भिसको रिमाइन्डरजस्ता सुविधा पनि समावेश गरिएको छ । यी सुविधाले दैनिक सहरी यात्रालाई सुरक्षित, सहज र प्रविधिमैत्री बनाउने कम्पनीको दाबी छ । नयाँ एक्सेस १२५ मा सुजुकीको १२४ सिसी इन्जिन प्रयोग गरिएको छ । कनेक्टिभिटीसँगै दैनिक प्रयोगका लागि आवश्यक व्यावहारिक सुविधा र विश्वसनीय कार्यसम्पादनलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।
सुजुकी मोटरसाइकल नेपालका महाप्रबन्धक पारस जैनले नयाँ एक्सेस १२५ कनेक्टेडमार्फत नेपाली स्कुटर प्रयोगकर्तामाझ उपयोगी स्मार्ट प्रविधि भित्र्याइएको बताउनुभयो । स्मार्ट कनेक्टिभिटी, प्रयोगमा सहजता र सुजुकीको विश्वसनीय कार्यसम्पादनको संयोजनले नयाँ मोडललाई कम्पनीको उत्पादन पोर्टफोलियोमा थप आकर्षक बनाउने उनको विश्वास छ । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भिजी अटोमोबाइल्स प्रालि हो । नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड स्कुटर नुवाकोटको विदुर–४ दम्की, बट्टारमा रहेको सोरुम उत्सुक अटोमोबाइल्सबाट उपलब्ध रहेको छ ।






प्रतिक्रिया