+
Search

ताजा अपडेट +

पपुलर +

११२ शवको सुरक्षित व्यवस्थापन

११२ शवको सुरक्षित व्यवस्थापन
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । रसुवाको भोटेकोशी–त्रिशूली नदीमा भदौ १० गते आएको विध्वंसकारी हिमबाढीमा परी मृत्यु भएकाको शव तत्काल सनाखत हुन नसकेपछि नुवाकोटको विदुर-६ मा रहेको खम्बाक्याम्पस्थित केन्द्रीय कारागारको खाली जमिनमा सुरक्षित व्यवस्थापन गरिएको छ ।

Utsuk Books & Stationery

जिल्ला प्रशासन कार्यालय नुवाकोटले दिएको जानकारीअनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका (संशोधनसहित) २०७८’ बमोजिम वैज्ञानिक प्रमाण राखी जमिनमुनि सुरक्षित एक सय १२ शवको व्यवस्थापन गरिएको हो । बाढीपछि रसुवा जिल्लाबाट ल्याइएका एक सय सात र नुवाकोट जिल्लामा फेला परेको पाँच गरी एक सय १२ शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित गरेर भविष्यमा आफन्तलाई पहिचान गर्न सक्ने गरी जमिनमुनि सुरक्षित व्यवस्थापन गरिएको कार्यालयले बताएको छ । रसुवा र नुवाकोटका विभिन्न स्थानबाट पहिचान खुलेका र नखुलेका गरी दुई सय चार शव फेला परेकोमा ३९ शवको पहिचान भएको, २३ शवको पोस्टमार्टम गरी डिएनए नमुना सङ्कलन गरिएको र हालसम्म सम्पर्कविहीन ६७ जना व्यक्तिको परिवारजनबाट डिएनए नमुना सङ्कलन गरिएको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह