+
Search

ताजा अपडेट +

पपुलर +

शिवपुरी कलेजले बाढी प्रभावित विद्यार्थीलाई स्नातकमा निःशुल्क पढाउने

शिवपुरी कलेजले बाढी प्रभावित विद्यार्थीलाई स्नातकमा निःशुल्क पढाउने
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

काठमाडौँ । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विद्यार्थीलाई शिवपुरी कलेज महाराजगन्जले स्नातक तहमा अध्ययन गर्नेलाई पूरै चार वर्षका लागि निःशुल्क पढाउने भएको छ ।

Utsuk Books & Stationery

कलेजका प्रमुख दिवाकर दूरदर्शीका अनुसार स्नातक तह बिबिएसमा भर्ना भई अध्ययन गर्न चाहने विद्यार्थीका लागि १० कोटा छुट्याइएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन रहेको शिवपुरी कलेज समुदायद्वारा सञ्चालित हो । प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका महाप्रलयकारी बाढीबाट परिवार गुमाएका र प्रभावित विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत १० विद्यार्थीलाई निःशुल्क अध्ययन व्यवस्था मिलाइएको कलेजले जनाएको छ । अध्ययनसम्बन्धी थप जानकारीका लागि क्याम्पस प्रमुख दूरदर्शीको मोबाइल नम्बर ९८४१२६४४४० मा सम्पर्क गर्न आग्रहसमेत गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह