+
Search

ताजा अपडेट +

पपुलर +

बाढी पिडित सरोकार समितिको पूर्ववर्ती दैनिकीमा फर्काउन राज्यसँग माग

बाढी पिडित सरोकार समितिको पूर्ववर्ती दैनिकीमा फर्काउन राज्यसँग माग
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

विदुर । गत भदौ १० गते भोटेकोसी–त्रिशूली नदीमा आएको विध्वंशकारी हिमबाढी पिडित सरोकार समिति नुवाकोटले पिडितलाई पूर्ववर्ती दैनिकीमा फर्काउन सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । इलम प्रशिक्षण केन्द्र, विदुरमा भेला भएका नुवाकोट जिल्लाका बाढी प्रभावितले र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेर प्रजिअमार्फत सरकारलाई ६ बुँदे माग पेश गरेका छन् । उक्त माग तत्काल सम्बोधन गर्न समितिले जोडदार रूपमा आग्रह गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

समितिका अध्यक्ष सूर्यबहादुर कँडेलको नेतृत्व टोलीले सरकारसँग पिडितहरूको वर्गीकरण र क्षतिपूर्ति, तथ्याङ्क सङ्कलन तथा क्षतिको विवरण, राहत वितरण, पुनस्र्थापना, पुनर्बास र जीवनयापनमा सहजीकरण, विकास निर्माण, ऐतिहासिक, पुरातात्विक महत्त्वका धरोहरको पुनर्निर्माण र पुनर्निर्माण प्राधिकरण गठनको माग गरेको छ । सोमबार नै समितिले विदुर नगरपालिकाको प्रमुखसँग भेटघाट र छलफल गरी सरकारलाई पेश गरेको मागको बारेमा जानकारी गराएको छ । समितिको माग ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सम्बन्धित निकायमा पठाउने र जिल्लाबाट गर्न सकिने मागहरू यहीँबाट पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । समितिलाई बाढी पिडितसँग सम्बन्धित जिल्लास्तरीय बैठकमा आमन्त्रण गरिने समेत उहाँले बताउनुभयो ।

Suzuki New Bike & Scooter

बाढीबाट प्रभावित नागरिकको हकहित संरक्षण, समस्या समाधान तथा पीडितका जायज माग सम्बोधन गर्न, सरकारलाई दबाब दिन गत हप्ताको भेलाले सरोकार समिति गठन भएको थियो । नुवाकोटको किस्पाङ, विदुर, बेलकोटगढी, तारकेश्वर पालिकाका बाढी प्रभावितको भेलाले ३३ सदस्यीय भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समिति गठन गरी काम सुरू गरिसकेको छ । समितिको संयोजकमा सूर्य कँडेल, सहसंयोजक तीनजनामा सुरेन्द्रराज केसी, रामहरि अधिकारी, अष्टमान डङ्गोल चयन हुनुभएको छ । त्यसैगरी, समितिको सचिवमा नवीन्द्रमान प्रधान, सहसचिवमा किरणप्रसाद अधिकारी, कोषाध्यक्षमा शम्भु सिग्देल र सदस्यमा नारायण श्रेष्ठ, महेन्द्र श्रेष्ठ, सुदीप अमात्य, हरिप्रसाद अधिकारी, बबि रिमाल, काजीमान डङ्गोल, वसन्त रिजाल, विष्णुबहादुर बोगटी, पुरुषोत्तम पौडेल, रामचन्द्र बडाल, विष्णुप्रसाद प्याकुरेल, उत्तम प्याकुरेल, नवीन चित्रकार, कुशल श्रेष्ठ, सचिन डङ्गोल, मीनकुमार खतिवडा, दीपकलाल चित्रकार, विनोद चित्रकार, कविराज घले, राजाराम घिमिरे, चन्द्रप्रसाद घिमिरे, सुजन खतिवडा, पुरूषोत्तम श्रेष्ठ, आयुस श्रेष्ठ रहेका छन् ।

बाढीबाट प्रभावित नागरिकले भोग्दै आएका समस्याको पहिचान गरी समाधानका लागि समितिले सरकारको ध्यानाकर्षण गराएको हो । बाढीपीडितका माग तथा मुद्दालाई प्रभावकारी रूपमा उठाउने, राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्ने र प्रभावित परिवारको पुनस्र्थापनाका लागि आवश्यक समन्वय गर्ने समितिले लक्ष्य लिएको छ । समितिले स्थानीय तह, सम्बन्धित सरकारी निकाय तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्दै बाढीपीडितका समस्या समाधानका लागि पहल गरिने बताइएको छ । बाढीबाट प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन, क्षतिको उचित सम्बोधन गर्न तथा पीडितका जायज मागलाई सम्बन्धित निकायसम्म पु¥याउन समितिले सक्रियताकासाथ काम गरिरहेको छ । समितिलाई थप बल पु¥याउन र कागजपत्र जुटाउन बाढी प्रभावित क्षेत्रका सबै वडामा समिति गठन गरिएको छ ।

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह