गल्छी, स्याफ्रुबेँसी, त्रिशूली, मैलुङ, रसुवागढी सडक योजनाका प्रमुख कृष्णनाथ ओझाले भने आफूले गरेका र गराएका कामलाई समेत ओझेलमा पारी सबै सेनाले मात्र गरेको भनी नाम लिने र आफ्नो संस्थाले गरेको कामको मूल्याङ्कन नगर्नेप्रति आक्रोश व्यक्त गर्नुभयो ।


योजनाले आग्लिटार–बेत्रावती खण्डमा राजमार्गको नयाँ ट्र्याक खोलेको, वेत्रावती पुलको सामग्री व्यस्थापन र ढुवानी गराई, बेलिब्रिज राख्ने जिपसमेत तयार गरेको, असहज स्थानमा सडक सुधार गरेको याङयाङमा बाढीले क्षतिग्रस्त सडक पुनः निर्माण गरेको जानकारी दिनुभयो ।

धुन्चे । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीले पुल बगाएपछि आवतजावतमा कठिनाइ भोग्दै आएका उत्तरी रसुवाका बासिन्दाले जनश्रमदानबाट स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमा फड्के पुल निर्माण गरेपछि पैदलयात्राका लागि सहज भएको छ ।
स्थानीय बासिन्दाको सक्रियता र सुरक्षा निकायको सहयोगमा पुल निर्माण भएपछि यस क्षेत्रको आवागमन सहज बन्दै गएको हो । गोसाईँकुण्ड-५ मा पर्ने स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि निर्माण गरिएको फड्के पुलबाट दैनिक एक सयभन्दा बढी स्थानीय बासिन्दाले ओहोर–दोहोर गरिरहेको निर्माण अभियानका अगुवा चिलिमे टेचाङ्जेका बहादुर तामाङले जानकारी दिनुभयो । ग्रे, गत्लाङ, गोल्जुङ र चिलिमे क्षेत्रका बासिन्दाले जनश्रमदान गरी निर्माण गरेको उक्त पुल निर्माणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले समेत कामदारको रूपमा केही दिन सहयोग गरेको निर्माणका अगुवा तामाङले जानकारी दिनुभयो । विपत्का कारण आवागमन अवरुद्ध भएपछि स्थानीय बासिन्दा आफैँ जुटेर पैदल यात्रा सहज पार्न फड्के निर्माणमा जुटेको बताइएको छ । उत्तरी रसुवावासीको जस्तो पवित्र काममा अन्य क्षेत्रका बासिन्दा पनि सहभागी हुन जरुरी रहेको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । बाढीले पक्की पुल बगाएपछि तत्काल आवागमनका लागि बनाइएको अस्थायी काठको संरचना प्रभावकारी हुन नसकेपछि स्थानीयवासी जुरुक्कै उठेर फलामका लट्ठा तन्काई काठका डन्डी बाँधी फड्के पुल निर्माण गरेका हुन् । पुल तयार भएपछि स्याफ्रुबेँसीबाट गत्लाङ र चिलिमे क्षेत्रतर्फ आवतजावत गर्न सहज भएको छ । पुल निर्माणका लागि गोल्जुङनिवासी समाजसेवी मानबहादुर तामाङको लोडेरी संस्थाले काठ उपलब्ध तथा ढुवानीसमेतको व्यवस्थापन गरेको र सालासुङ्गी हाइड्रोपावर तथा लहरेपौवाका विनोद आचार्यले फलामका लट्ठा उपलब्ध गराई सहयोग गर्नुभएको निर्माण अभियानका अगुवा तामाङले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो । पुल निर्माणका क्रममा उक्त क्षेत्रका जनप्रतिनिधिले आवश्यक सहयोग, सल्लाह र सुझाव दिएको उहाँले बताउनुभयो ।
स्थानीयको पहलमा निर्माण भएको फड्के पुलले उत्तरी रसुवाका बासिन्दाको दैनिक जीवन सहज बनाउन सहयोग पुगेको जिल्ला समन्वय समितिका पूर्वसदस्य एवम् समाजसेवी नुर्पुछिरिङ ग्लानले बताउनुभयो । रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले समय–समयमा स्थलगत अनुगमन गरी समन्वय गर्नुभएकाले जनश्रमदानबाट पुल निर्माण गर्ने कामलाई थप सहज बनाएकोसमेत जिल्ला समन्वय समितिका पूर्वसदस्य एवम् समाजसेवी ग्लानले जानकारी दिनुभयो । बाढीले बगाएको सडक तथा पुल छिटो बन्न नसक्दा ग्रामीण जनजीवनको समस्या सहन नसकी स्थानीय उत्तरी रसुवाका बासिन्दा श्रमदानमा जुटेका हुन् । लामो समयसम्म यातायात र आवतजावतमा समस्या भोग्नुपरेको उक्त क्षेत्रमा अहिले सहज भएको छ ।
नुवाकोटको त्रिशूलीदेखि वेत्रावतीसम्मको मोटरबाटो सञ्चालनमा आउनु र वेत्रावतीस्थित फलाखुखोलामा बेलिब्रिज निर्माण हुनुले पनि रसुवा–काठमाडौँ यात्रु तथा रसुवावासीलाई आवतजावत गर्न सहज भएको छ । गल्छी, स्याफ्रुबेँसी, त्रिशूली, मैलुङ, रसुवागढी सडक योजनाका प्रमुख कृष्णनाथ ओझाले भने आफूले गरेका र गराएका कामलाई समेत ओझेलमा पारी सबै सेनाले मात्र गरेको भनी नाम लिने र आफ्नो संस्थाले गरेको कामको मूल्याङ्कन नगर्नेप्रति आक्रोश व्यक्त गर्नुभयो । योजनाले आग्लिटार–बेत्रावती खण्डमा राजमार्गको नयाँ ट्र्याक खोलेको, वेत्रावती पुलको सामग्री व्यस्थापन र ढुवानी गराई, बेलिब्रिज राख्ने जिपसमेत तयार गरेको, असहज स्थानमा सडक सुधार गरेको, याङ्याङ्मा बाढीले क्षतिग्रस्त सडक पुनः निर्माण गरेको जानकारी दिनुभयो ।

वेत्रावतीमा बेलिब्रिज निर्माण भएपछि स्याफ्रुबेँसीको वारितर्फ याङयाङसम्म सवारीसाधन पुग्न थालेका छन् । पुनः बससेवा सञ्चालन हुने वातावरण सिर्जना भएको छ । याङयाङसम्म सडकमार्गबाट पुग्न र त्यहाँबाट फड्के पुल हुँदै गत्लाङ, गोल्जुङ तथा चिलिमे क्षेत्र जान सहज भएपछि उत्तरी रसुवाको जनजीवन क्रमशः पुरानै लयमा फर्कन थालेको छ । बाढीबाट प्रभावित बासिन्दालाई आवास निर्माण, खानेपानी, शौचालय, विद्यालय, स्वास्थ्य केन्द्रको व्यवस्थापन छिटो गर्न नागरिक अगुवाले माग गरेका छन् । विशेषगरी गोल्जुङ, गत्लाङका बिरामीलाई बोकेर भए पनि धुन्चेस्थित अस्पतालसम्म पु¥याउन तथा त्यहाँ उपचार सम्भव नभए एम्बुलेन्समार्फत काठमाडौँ लैजान आवागमन सहज हुनु स्थानीयका लागि महत्त्वपूर्ण उपलब्धि भएको छ । बाढीबाट क्षतिग्रस्त संरचनाका कारण सिर्जित कठिनाइबिच स्थानीयको एकता, जनश्रमदान र विभिन्न निकायको सहयोगले जनजीवन सामान्य बनाउन टेवा पुगेको रसुवाका पूर्वसभापति मिलन तामाङले बताउनुभयो । विपत्पछि सरकारी निकायको प्रयाससँगै स्थानीय बासिन्दा, सामाजिक संस्था र सुरक्षा निकायबिचको सहकार्यबाट निर्माण गरिएको फड्के पुल उत्तरी रसुवाको आवागमन सहज बनाउने महत्त्वपूर्ण माध्यम बनेको गत्लाङका मार लामाले बताउनुभयो ।





प्रतिक्रिया