+
Search

ताजा अपडेट +

पपुलर +

संविधानसभा सदस्यको असामयिक निधन

संविधानसभा सदस्यको असामयिक निधन
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धुन्चे । नेकपा (एमाले) रसुवाका संस्थापक नेता एवं संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङको शनिबार निधन भएको छ । रसुवाको कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्व, एमालेको केन्द्रीय सल्लाहकार परिषद्का पूर्वसदस्य समेत रहनुभएका तामाङको यहीँ कार्तिक १४ गते शनिबार बिहान नुवाकोटस्थित विदुरको स्टार अस्पतालमा असामयिक निधन भएको हो । आइतबार धुन्चेमा श्रद्धाञ्जली कार्यक्रमपश्चात् अन्त्येष्टी गरियो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

गोसाईँकुण्ड-६, धुन्चे निवासी तामाङको निधनले रसुवा जिल्लाले एक सालिन, सरल, सहज र अभिभावकीय व्यक्तित्व गुमाएको स्थानीयबासी बाबुलाल तामाङले बताउनुभयो । रसुवामा कम्युनिष्ट आन्दोलनलाई स्थापित गर्न अग्रणी भूमिका निर्वाह गर्नुभएको छोवाङको निधनले रसुवाको राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको गोसाईँकुण्ड गाउँपालिका प्रमुख एवं नेकपा एमाले रसुवाका कार्यबाहक अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो । धुन्चेमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले छोवाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । सभामा प्रतिनिधिसभा सदस्य मोहन आचार्य, संविधानसभा सदस्यद्वय प्रेम तामाङ र जनार्दन ढकालले उहाँको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो । श्रद्धाञ्जलीसभामा विभिन्न राजनीतिक दलका नेता÷कार्यकर्ता तथा सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो । लामो कालखण्ड रसुवाको राजनीतिक, सामाजिक र साङ्गठनिक विकासमा समर्पित रहनुभएका तामाङले विसं २०५४ को स्थानीय निकायको निर्वाचनमा धुन्चे गाउँ विकास समितिको अध्यक्षको रूपमा निर्वाचित भई जनसेवाको सुरूवात गर्नुभएको थियो ।

Suzuki New Bike & Scooter

उहाँले आफ्नो जीवनको लामो कालखण्ड रसुवाको राजनीतिक, सामाजिक र साङ्गठनिक विकासमा समर्पित गर्नुभएको थियो । राजनीतिक यात्राका क्रममा उहाँले विसं २०५४ को स्थानीय निकायको निर्वाचनमा धुन्चे गाउँ विकास समितिको अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्दै जनसेवाको सुरूवात गर्नुभएको थियो । पार्टी सङ्गठन निर्माणका क्रममा एमाले रसुवाको जिल्ला अध्यक्ष र प्रदेश सदस्यहुँदै उहाँ हाल केन्द्रीय सल्लाहकार सदस्यको जिम्मेवारीमा रहनुभएको थियो । यसैगरी, उहाँ विसं २०७० मा समानुपातिकतर्पmबाट संविधानसभा सदस्य भई नेपालको संविधान निर्माणको ऐतिहासिक यात्रामा रसुवा जिल्लाको तर्फबाट महत्त्वपूर्ण प्रतिनिधित्व गर्नुभएको थियो । उहाँ विसं २०७९ को आम निर्वाचनमा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत बन्नुभएको थियो । रसुवाका जनताका सुख, दुःखका साथी, सालिन र लोकप्रिय नेताका रूपमा परिचित तामाङको निधनले पार्टी र सिङ्गो रसुवा जिल्लालाई अपुरणीय क्षति पुगेको एमालेका नेता तथा कार्यकर्ताले बताएका छन् ।

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह