+
Search

ताजा अपडेट +

पपुलर +

स्थायी आवास निर्माण प्रक्रिया चाँडै सुरु हुन्छ : डा. उप्रेती

स्थायी आवास निर्माण प्रक्रिया चाँडै सुरु हुन्छ : डा. उप्रेती
त्रिशूली प्रवाह
४९ मिनेट अगाडी

विदुर । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डाक्टर धर्मराज उप्रेतीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणको प्रक्रिया चाँडै सुरु हुने स्पष्ट पारेका छन् । प्रभावितको यकिन तथ्याङ्क प्राप्त भइसकेपछि आवश्यक कार्यविधि बनाएर स्थायी आवास निर्माणको प्रक्रिया सुरु गरिने डाक्टर उप्रेतीको भनाइ छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

शुक्रबार नुवाकोट सदरमुकाम विदुरमा रेडक्रसको नुवाकोट शाखाले आयोजना गरेको कार्यक्रममा डाक्टर उप्रेतीले बाढी प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणको काम सुरु गरिने र स्थायी आवासमा प्रभावित सरेपछि अस्थायी आवासलाई समुदायले नै सञ्चालन गर्ने गरी ‘होमस्टे’का रूपमा विकसित गरिनेसमेत प्रस्ट्याउनुभयो । त्यस क्रममा प्रमुख कार्यकारी डाक्टर उप्रेतीले बाढी प्रभावितको पुनःस्थापना कार्यलाई सरलीकृत बनाउने र विकास साझेदारसँगको साझेदारीलाई प्रभावकारी बनाउने गरी कार्यक्रम तर्जुमा गरिएकोसमेत उल्लेख गर्नुभयो । त्यस क्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष डाक्टर विशालकुमार भण्डारीले रेडक्रसको अन्तर्राष्ट्रिय गरिमा र साखलाई उँचो बनाउँदै प्रभावितको पक्षमा क्रियाशील हुनुपर्नेमा जोड दिँदै पारदर्शी र प्रभावकारी रूपमा हुने काममा स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । रेडक्रसको स्थापना नै मानवीय सेवाका लागि भएकाले बाढी प्रभावितले विपत्मा रेडक्रस भन्ने अनुभूति गर्ने गरी काम गर्न रेडक्रसकर्मीलाई निर्देशनसमेत दिनुभयो । कार्यक्रममा नुवाकोट रेडक्रसका सभापति हरि श्रेष्ठले गत भदौ १० गतेको बाढीपछि रेडक्रसमार्फत भएका गतिविधि, चुनौती र आवश्यक कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

Suzuki New Bike & Scooter

यसै क्रममा शुक्रबार नै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डाक्टर धर्मराज उप्रेती, रेडक्रसका केन्द्रीय सभापति डाक्टर भण्डारी, इन्टरनेसनल फेडेरेसन अफ रेड क्रिसेन्ट (आइएफआरसी) का नेपाल प्रमुख डेभिड फिसर, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितको टोलीले विदुर नगरपालिका वडा नम्बर-५ मा रहेको आश्रयस्थलको अवलोकनसमेत गरेको थियो । त्यस क्रममा वाणाको चौतारा, कोदोबारी र तल्लो पिपलटारमा आश्रय लिइरहेका प्रभावितले वर्तमानको प्रमुख समस्या भनेको पुनर्वास नै भएकाले चाँडै त्यसका लागि आवश्यक प्रक्रिया सुरु हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

 

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह