+
Search

ताजा अपडेट +

पपुलर +

पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता

पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता
sf7df8f}F, !% c;f/ . /fi6«klt ljBfb]jL e08f/L dxfn]vf k/LIfssf] sfof{nosf] ^$cf}+ jflif{sf]T;j ;df/f]xsf] a'waf/ pb3f6gkl5 dGtJo JoQm ub}{ . t:jL/ M /Tg >]i7, /f;;
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेताको जिम्मेवारी पाउनुभएको छ । केन्द्रीय कमिटीको बैठकअघि गत बुधबार भएको पार्टी सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीसहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो ।

Utsuk Books & Stationery

पार्टीकी पूर्वउपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्यता दिने-नदिने विषयमा विगत एक वर्षदेखि आन्तरिक बहस चलेकामा केन्द्रीय कमिटीको तेस्रो बैठकले उहाँलाई सर्वसम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ । एमालेका सचिव हिक्मत कार्कीले भण्डारी अब वरिष्ठ नेताको भूमिकामा रहने र उहाँको राजनीतिक तथा साङ्गठनिक अनुभवले पार्टीको आगामी कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । बैठकपछि प्रतिक्रिया दिँदै सचिव पद्मा अर्यालले भण्डारीजस्तो अनुभवी र सम्मानित नेतालाई सदस्यता दिइसकेपछि विशुद्ध पार्टी सदस्य बनाएर मात्रै राख्न उपयुक्त नहुने भएकाले वरिष्ठ नेताको जिम्मेवारी दिइएको बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह