+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
५८ मिनेट अगाडी

गुट नभए त कांग्रेस कांग्रेसजस्तो नहुने भो चाइन्जो । पालिका अधिवेशनाँ चाइन्जो अस्तित्व जोगाउने केसी, लामा र दाइ महत समूहले न्वारानदेखिको बल निकाले पनि हातमा लाग्यो शून्य नै हुने भो । संसदाँ दोस्रो दल बनेको चार ताराको न्वाँकोट अधिवेशनाँ चार गुट त छताछुल्ल नै भयो नि चाइन्जो ! कांग्रेसभन्दा पनि केसी, लामा र महत गुटाँ झुम्मिरहेका नेता/कार्जेकर्तामा मुख हेर्ने कि रूख हेर्ने विवाद कायमै छ । दाइ महत, लामा र केसी गुटको युवा समूह मैदानमै चाइन्जो यसपटक देखिएसि पाटी थाम्न थापाकाजीलाई ससुराले चाइन्जो अप्ठेराँ पार्ने हुन् कि क्या हो । केसी पक्ष हावी देखिए नि १२ पालिकाँ टिम बनाउन र कार्जेकर्ता थाम्न गाह्रो भएसि तीनआँखेलाई बहुत चिन्ता लागिरा’छ चाइन्जो । दाइ महत र लामा समूह एक ढिक्का भएर मैदानाँ आएसि केसी दाजुभाइ समूहबाट युवा विद्रोह हुन थाल्दा देउवा समूह कस्तरी हौसेको हँ चाइन्जो । प्रकाशदाले देउवा समूहको जिल्लाँ दह्रो उपस्थिति बनाउँदै थापा कांग्रेसाँ पद नपाएकालाई भटाभट बाँड्ने भएसि हरुवाचरुवाको लर्को लाग्यो भने चाइन्जो आसर्जे नमाने हुने भो । भाग शान्ति जयनेपाल, कसो त चाइन्जो ।

Utsuk Books & Stationery

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह