+
Search

ताजा अपडेट +

पपुलर +

भोटेकोशी-त्रिशूली हिमबाढीमा ४४१ चालक-सहचालक र व्यवसायी सम्पर्कविहीन

भोटेकोशी-त्रिशूली हिमबाढीमा ४४१ चालक-सहचालक र व्यवसायी सम्पर्कविहीन
त्रिशूली प्रवाह
५८ मिनेट अगाडी

धुन्चे । रसुवा जिल्लाको टिमुरमा गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीले तीन सय ३८ ट्रक तथा कन्टेनर बगाएको विवरण सार्वजनिक भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको विवरणअनुसार बाढीमा परी ती सवारीसाधनसँगै चार सय ४१ चालक, सहचालक तथा व्यवसायीसमेत सम्पर्कविहीन भएका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन गर्ने क्रममा विभागले सरकारी तथा गैरसरकारी निकाय, निजी सङ्घसंस्था, सञ्चारमाध्यम, अनुसन्धानकर्ता तथा सरोकारवालासँग क्षतिको तथ्याङ्क माग गरेको थियो । विभागले असोज २ गते सूचना जारी गर्दै सात दिनभित्र क्षतिसम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरेको थियो । विभागको उक्त आग्रहपछि नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यही असोज ५ गते विभागलाई प्रारम्भिक क्षतिको विवरण पठाएको हो । महासङ्घले विभिन्न सदस्य सङ्घ, समिति तथा कम्पनीबाट सङ्कलन गरेको विवरण विभागलाई उपलब्ध गराएको जनाएको छ । महासङ्घका अध्यक्ष राजेन्द्रविक्रम बानियाँले गत भदौ १० गतेको बाढीका कारण टिमुर क्षेत्रमा ठुलो क्षति हुँदा मालवाहक सवारीसाधन तथा त्यसमा संलग्न व्यक्ति सम्पर्कविहीन भएको बताउनुभयो । उहाँले यातायात व्यवस्था विभागले क्षतिको यकिन विवरण सङ्कलन गर्न आग्रह गरेपछि महासङ्घले सदस्य संस्थाबाट प्राप्त विवरण सङ्कलन गरी पठाएको जानकारी दिनुभयो । विवरणअनुसार नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालि लोकन्थलीका दुई सय १७ ट्रक तथा कन्टेनर र दुई सय ५१ चालक, सहचालक तथा व्यवसायी सम्पर्कविहीन छन् । यस्तै, नारायणी यातायात व्यवसायी सङ्घ हेटौँडाका ५८ ट्रक तथा कन्टेनर र ७८ जना, तराई यातायात व्यवसायी सङ्घ सिमराका २१ सवारीसाधन र ३५ जना तथा ट्रक यातायात व्यवसायी सङ्घ नेपाल, बल्खुका १० कन्टेनर र २० जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह