काङ्ग्रेस भन्ने चाइन्जो पुरानो दल दास र लासको पाटी होइन भन्थे, होइन रेछ । यसपटक अधिवेशनाँ न्वाँकोटमा राम्रैसँग दास र लास नबन्नेहरू उत्तानटाङ भएको यही फुट्या आँखाले देख्यो बा ! चुनावाँ पराजित हुनेको रुन्चे हाँसो र धाँधलीको आरोप लगाउने परम्परालाई कांग्रेसीजनले जिल्ला अधिवेशनाँ मजासँग धानेको चाइन्जो देखियो त । सभापतिका तीन ससुराले न्वाँकोटाँ जति कुर्लिए नि केन्द्राँ बढी प्रतिनिधि लगेसि बहादुर भनेको बहादुर नै हुँदो रैछ चाइन्जो । कांग्रेसभन्दा पनि केसी, लामा र महतका धारमा रमाउनेहरूले आकासेकाजीको कांग्रेस बदल्ने रोडम्याप बाख्राको खोर भत्काउने पाराको देख्दा न्वाँकोट सुनखानीतिरका कार्जेकर्ताचाहिँ देउवा समूहाँ लागे भने चाइन्जो आसर्जे नमान्दा हुन्छ कि जिल्ला सभापतिज्यू ? अधिवेशनाँ पराजित हुनेजतिले सक्रिय राजनीति छाड्ने फाट्टफुट्ट फेसबुकाँ रोइलो पोख्दै गरेको देख्दा चाइन्जो आगामी स्थानीय चुनाउमा मङ्गल ग्रहबाट पो कार्जेकर्ता हायर गर्नुपर्ने अवस्था क्षेत्र नं. १ तिर देखिँदै पो छ त । सभापति महत र डा. केसी मिलेसि पाँच-पाँच महाधिवेशन प्रतिनिधि बन्दा उनीहरूका पछि लाग्नेहरू देउवा कांग्रेसतिर मानसम्मान र पद पाउने भएसि आखिर जता गएनि आधिकारिक कांग्रेस अदालतमै थुनिएर बसेको छ क्यारे । क्षेत्र नं. २ मा पनि केसी दाजुभाइबाहेक अरूलाई लामाले धुलो चटाएसि आकासे कांग्रेसाँ भन्दा देउवातिरै नगएर बिचरा चाइन्जो कहाँ जाऊन् त ।


गत चुनाउमा घन्टीको दबदबा देशैभरि हुँदा नि कांग्रेसको शक्तिले भन्दा पनि पैसो खर्च गरेर रसुवावासीका प्रतिनिधि भएका ठेकेदार इन्जिनियरभन्दा दङ्ग पर्ने वृद्ध बालक चाइन्जो भोटेकोशी बाढीपछि रसुवावासीले पुकारी-पुकारी खोजिरहेका छन, चाइन्जो । दुई-दुईपटक मान्य बनाएर पठाउनेहरूले भोटेकोशी बाढीले परिवार, धनसम्पत्ति, खेतबारी गुमाएकाले चाइन्जो नखोजून् पनि कसरी ? पैसाका बलमा जनमत खरिद गर्ने मान्य यसपटकको आतङ्ककारी बाढीले मतदाता घटाइदिएकामा अर्को चुनाउमा कम लगानी गर्नुप¥यो भनेर खुसी भा छन् कि चिन्तामा छन्, गोसाईँबाबाले नै चाइन्जो जानून् । जनतालाई दुःख पर्दा आँसु पुछ्न नसक्नेले फेरि बिटा बोकेर आए रसुवावासी लाठो बोकेर बस्नेवाला छन् भन्ने कुरा पनि सुनियो चाइन्जो ।





प्रतिक्रिया