+
Search

ताजा अपडेट +

पपुलर +

होल्डिङ सेन्टरमै दुई सयलाई नागरिकताको प्रतिलिपि

होल्डिङ सेन्टरमै दुई सयलाई नागरिकताको प्रतिलिपि
त्रिशूली प्रवाह
३ घण्टा अगाडी

धुन्चे । गत भदौ १० गते भोटेकोसी-त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढीका कारण नेपाली नागरिकताको प्रमाणपत्र गुमाएका रसुवाबासीलाई जिल्ला प्रशासन कार्यालयले होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि उपलब्ध गराइएको छ । बाढीबाट विस्थापित नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले प्रतिलिपि दिएको कार्यालयले बताएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

रसुवाका प्रजिअ कमलप्रसाद पाण्डेका अनुसार बाढीका कारण नागरिकताको प्रमाणपत्र नष्ट भएका सबै विस्थापित रसुवाबासीलाई होल्डिङ सेन्टरमै पुगेर दुई सय दुई थान प्रतिलिपि प्रदान गरिएको छ । बाढी प्रभावित टिमुरेका काठमाडौँको स्वयम्भूस्थित मुस्ताङ गुम्बाको होल्डिङ सेन्टरमा रहेका ७३ जना र स्याफ्रुबेँसीका विस्थापित भएर नागार्जुन नगरपालिका-२ गोसेक गुम्बा अर्थात् पहेलो गुम्बाको होल्डिङ सेन्टरमा बसिरहेका ८३ जनालाई नागरिकताको प्रतिलिपि प्रदान गरिएको छ । बाढी प्रभावितको मागअनुसार निरन्तर नागरिकताको प्रतिलिपि वितरण गरिने कार्यालयका सूचना अधिकारी एवं सहायक प्रजिअ दिपेश रिजालले जानकारी दिनुभयो । अत्यावश्यक प्रशासनिक कामकाजमा ढिलाई हुन नदिन उत्तरगया गाउँपालिका र जिल्ला प्रशासन कार्यालय रसुवाको सहकार्यमा होल्डिङ सेन्टरमै एकीकृत टोली पुगेर नागरिकता प्रतिलिपिका लागि आवश्यक सेवा प्रदान गरिएको थियो । सहायक प्रजिअ रिजालकानुसार बाढीका कारण पहिचान र कानुनी कागजात गुमाएका नागरिकलाई राहत, पुनःस्थापना तथा अन्य सरकारी एवं प्रशासनिक कामकाजमा सहजता मिलोस् भन्ने उद्देश्यले सेन्टरमै पुगेर प्रतिलिपि वितरण गरिएको हो । बाढीका कारण बासस्थानका साथै सबै महत्त्वपूर्ण कागजात समेत गुमाएर समस्यामा परेका नागरिकले होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि पाएसँगै राहत महसुस गरेका छन् । नागरिकता प्राप्त गरेसँगै अब उहाँहरूलाई सरकारबाट प्राप्त हुने राहत तथा पुनस्र्थापनाका कार्यक्रममा सहभागी हुन कानुनी बाटो सहज भएको प्रभावित बासु लामिछानेले बताउनुभयो ।

Suzuki New Bike & Scooter

 

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह