+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

सडक विकासको नमुना हेर्न र अध्ययन–अनुसन्धान गर्न देशभरिबाट विदुर नरकपालिकालाई चयन गर्दा चाइन्जो उत्तम हुन्छ है । अल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सटक आयोजनाले दक्षिण एसियाली मापदण्डको सडक विस्तार गर्न भत्काएर छाडेको गँगटे–बट्टार राममन्दिर क्षेत्राँ पानी आउँदा हिलो र घाम लाग्दा धुलो खाँदाको सास्ती स्थानीयवासी र सटक प्रयोगकर्ताले कति खेप्नु चाइन्जो । वडाध्यक्ष र नरकपिताकै वडा भएर होला, चिप्लेटी खेल्न र बाह्रैमास फागु मनाउन क्या मजा भइरेछ, चाइन्जो । पुराना दल हालिमुहाली भाको नरकपालिकाका गतिविधि हेर्न चाइन्जो घन्टी पाटीलाई छु मतलब । दीपक कमरेटले सडक विस्तारका लागि मापदण्डबाहिरको आफ्नो घर नभत्काउँदा र मेरसाबले १५ मिटरमै बङ्गला बनाउँदा नि ठग्दारले किन हेरेन भन्ने कुरा तीनआँखेले उजागर गर्नै पर्दैन होला चाइन्जो । केन्द्रको शक्ति र सत्तामा राणाशासनदेखि गाँडतन्त्र हुँदै जेन–जी आन्दोलनपछिको चुनावाड आको श्यामपरिधान सरकाराँसमेत न्वाँकोटको शक्ति र सत्ता नटुटे नि यसपटक विगतदेखि निरन्तर विकासका योजना सबै कटौती भएसि रास्वपालाई भोट हाल्ने मतदाताले चाइन्जो पुर्पुरा ठोक्नुसिवाय विकल्प अब के नै पो बाँकी रह्यो र चाइन्जो ।… लाई भन्दा देख्नेलाई लाज, हाहा, चाइन्जो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

Suzuki New Bike & Scooter

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह