+
Search

ताजा अपडेट +

पपुलर +

दिवङ्गत संविधानसभा सदस्य तामाङ दुःखसुखका साथी र अभिभावक व्यक्तित्व

दिवङ्गत संविधानसभा सदस्य तामाङ दुःखसुखका साथी र अभिभावक व्यक्तित्व
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धुन्चे । नेकपा (एमाले) रसुवाका संस्थापक नेता एवम् संविधानसभा सदस्य छोवाङतेन्जिङ तामाङको शनिबार निधन भएको छ । रसुवाका कम्युनिस्ट आन्दोलनका अग्रज व्यक्तित्व, एमालेको केन्द्रीय सल्लाहकार परिषद्का पूर्वसदस्य रहेका तामाङको यही कात्तिक १४ गते नुवाकोटस्थित विदुरको स्टार अस्पतालमा निधन भएको हो । उहाँको आइतबार धुन्चेमा श्रद्धाञ्जली कार्यक्रमपश्चात् अन्त्येष्टि गरिएको थियो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

गोसाईँकुण्ड-६, धुन्चे निवासी तामाङको निधनले रसुवा जिल्लाले एक शालीन, सरल, सहज अभिभावक व्यक्तित्व गुमाएको स्थानीयवासी बाबुलाल तामाङले बताउनुभयो । रसुवामा कम्युनिस्ट आन्दोलनलाई स्थापित गर्न अग्रणी भूमिका निर्वाह गर्नुभएको छोवाङको निधनले रसुवाको राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको गोसाईँकुण्ड गाउँपालिका प्रमुख एवम् नेकपा एमाले रसुवाका कार्यवाहक अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो । धुन्चेमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले छोवाङको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । सभामा प्रतिनिधिसभा सदस्य मोहन आचार्य, संविधानसभा सदस्यद्वय प्रेमबहादुर तामाङ र जनार्दन ढकालले उहाँको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो । श्रद्धाञ्जली सभामा विभिन्न राजनीतिक दलका नेता/कार्यकर्ता तथा सर्वसाधारणको ठुलो सहभागिता थियो । लामो कालखण्ड रसुवाको राजनीतिक, सामाजिक र साङ्गठनिक विकासमा समर्पित रहनुभएका तामाङले विसं २०५४ को स्थानीय निकायको निर्वाचनमा धुन्चे गाउँ विकास समितिका अध्यक्षका रूपमा निर्वाचित भई जनसेवाको सुरुवात गर्नुभएको थियो ।

Suzuki New Bike & Scooter

पार्टी सङ्गठन निर्माणका क्रममा एमाले रसुवाको जिल्ला अध्यक्ष र प्रदेश सदस्य हुँदै उहाँ हाल केन्द्रीय सल्लाहकार सदस्यको जिम्मेवारीमा रहनुभएको थियो । यसैगरी उहाँले विसं २०७० मा समानुपातिकतर्फबाट संविधानसभा सदस्य भई नेपालको संविधान निर्माणको ऐतिहासिक यात्रामा रसुवा जिल्लाका तर्फबाट महत्त्वपूर्ण प्रतिनिधित्व गर्नुभएको थियो । उहाँ विसं २०७९ को आमनिर्वाचनमा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत बन्नुभएको थियो । रसुवालीका सुखदुःखका साथी, शालीन र लोकप्रिय नेताका रूपमा परिचित तामाङको निधनले पार्टी र सिङ्गो रसुवा जिल्लालाई अपूरणीय क्षति पुगेको एमालेका नेता तथा कार्यकर्ताले बताएका छन् ।

 

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह