विदुर । नेपाली काङ्ग्रेसको नियमित महाधिवेशन पक्षधरले नुवाकोट क्षेत्र नं २ का क्षेत्रीय अधिवेशन सम्पन्न गरेका छन् । अधिवेशनबाट क्षेत्रीय सभापतिमा गणेशमान तामाङ निर्विरोध चयन हुनुभएको छ । तामाङ यसअघि क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा ‘ख’ का क्षेत्रीय सभापति हुनुहुन्थ्यो ।


कार्यसमितिको सचिवमा अच्युतराज महन्त गिरी र रवीन्द्र मानान्धर, सहसचिवमा चन्द्रशेखर सिलवाल र भगवान थापा निर्वाचित हुनुभएको छ । कार्यसमितिको सदस्यहरूमा गोविन्दप्रसाद दाहाल, सुकदेव ढुङ्गाना (केदार), कृष्णप्रसाद दाहाल, हरिप्रसाद भट्ट र रामशरण नेपाली रहनुभएको छ । क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा ‘क’ का अधिवेशनबाट पूर्णप्रसाद गजुरेल सभापतिमा चयन हुनुभएको छ भने उपसभापतिमा जितबहादुर तामाङ र उत्सव अर्याल, सचिवमा माधव भट्ट र गणेश गजुरेल, सहसचिवमा सीताराम पौडेल चयन हुनुभएको छ । त्यसैगरी, क्षेत्र नं २ प्रदेश सभा ‘ख’ का अधिवेशनबाट बुद्धिबहादुर खड्का सभापतिमा निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक रामचन्द्र ढुङ्गेलले जानकारी दिनुभयो । यसैगरी, विदुर नगरपालिकाको सभापतिमा रमेश भण्डारी र बेलकोटगढीको सभापतिमा सागर न्यौपानेसहित कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

क्षेत्रीय अधिवेशन पार्टी केन्द्रीय प्रतिनिधि तथा नेता ध्रुवप्रसाद अधिकारीको सभापतित्वमा गत बिहीबार बट्टारमा सम्पन्न भएको थियो । अधिवेशनले ३५ महाधिवेशन प्रतिनिधिसमेत सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक ढुङ्गेलले बताउनुभयो । निर्वाचन समितिका अनुसार खुला १० पुरूष महाधिवेशन प्रतिनिधिमा ध्रुवप्रसाद, हरिकृष्ण श्रेष्ठ, श्रीराम श्रेष्ठ, वैकुण्ठबहादुर पाण्डे, ध्रुव ढकाल, जयराम दाहाल, शुकदेव दाहाल, अर्जुन नेपाल, वासु सापकोटा, वसन्तजङ्ग ठकुरी र महिला खुलामा विन्दा अर्याल, सुनमाया तामाङ, अञ्जना अर्याल र हिराकुमारी शर्मा तिवारी चयन हुनुभएको छ । यस्तै, समावेशीमा श्यामराज पाण्डे, कृष्ण सुनार, बाबुराम तामाङ, अब्युुन रिजाल, सुमित्रा तामाङ, अक्षय गजुरेल, वसन्तबहादुर तामाङ, देवकी नेपाल, प्रचण्ड राई र लुमडी कार्की रहनुभएको छ ।
प्रजातन्त्र सेनानीमा गोकुलप्रसाद दाहाल र अच्युतराज महन्तगिरी तथा ४० वर्षमुनिकामा किरणप्रसाद गजुरेल र पवित्रा ओझा चुनिनुभएको छ । यस्तै अन्य दुईमा प्रकाश ढुङ्गाना र उमेश थापा चयन हुनुभएको छ । विधानमा पालिका सभापति, क्षेत्रीय तथा प्रदेश सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको छ । निर्वाचित क्षेत्रीय समिति पदाधिकारी र महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय प्रतिनिधि तथा जिल्ला संयोजक श्रीराम श्रेष्ठले खादासहित स्वागत गर्नुभएको थियो । निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र भने जिल्ला अधिवेशनको दिन वितरण गरिने जनाएको छ ।







प्रतिक्रिया