+
Search

ताजा अपडेट +

पपुलर +

चाडपर्वले बढाउने व्यापार

चाडपर्वले बढाउने व्यापार
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

नेपाल चाडपर्व र संस्कृतिले समृद्ध देश हो । चाडपर्व केवल धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरता मात्र होइन, परिवारको पुनर्मिलन, सामाजिक सद्भाव, आत्मीयता र खुसी साटासाट गर्ने विशेष अवसर मानिन्छ । चाडपर्वमा वस्तु खरिद बढी हुने भएकाले आर्थिक कारोबार अरू वेलाको भन्दा बढ्ने गरेको छ । वर्षभरि नभएको व्यापार यो अवधिमा हुने गरेको छ । चाडपर्व मनाउन हुनेले दिल खोलेर र नहुनेले ऋण लिएर भए पनि खर्च गर्ने कारणले यो वेला आर्थिक गतिविधि बढ्ने गरेको हो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

नेपालीले वर्षभरि मनाउने चाडपर्वमध्येको दसैँ, तिहार र छठ मुख्य हुन् । यी पर्व आउँदा गाउँदेखि सहरसम्म छुट्टै उत्साह देखिन्छ । चाडपर्वमा घरआँगनको सरसफाइदेखि नयाँ लुगा किन्ने, मिठो-मसिनो खाने, आफन्तसँग भेटघाट गर्ने र छोरीज्वाइँ, भान्जाभान्जी, दिदीबहिनी, बालबालिकालाई दक्षिणा दिने भएकाले बजार र घरपरिवार दुवैको आर्थिक चलायमान बनाउँछ । चाडपर्वको वेला विदेशमा रहेकाले पनि घरपरिवार र आफन्तका लागि पैसा पठाउने भएकाले यो अवधिमा अन्य महिनाको तुलनामा रेमिट्यान्स बढ्ने गरेको छ । दसैँ, तिहारलगायतका चाडपर्वले वस्तु खपत बढ्ने भएकाले देशमा उत्पादन कम हुँदा विदेशबाट आयातसमेत बढ्ने गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार असोज महिनाका मात्र रु.दुई खर्ब ४५ अर्बभन्दा बढीको आयात भएको छ । गत वर्ष असोजमा भने रु.एक खर्ब ५२ अर्ब ९२ करोडका वस्तु आयात भएको थियो । तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्ष ६६ प्रतिशतले आयात बढेको छ । चालू आवको साउन, भदौ, असोजमा रु. ६ खर्ब ४६ अर्ब ७८ करोडको वस्तु आयात भएकामध्ये असोजमा मात्र रु. साढे दुई अर्बको वस्तु आयात भएको छ । यस तथ्याङ्कले पनि दसैँ, तिहार, छठजस्ता पर्व पर्ने असोज-कात्तिकमा वस्तुको माग बढी हुने र व्यापार बढ्ने गरेको देखिन्छ । सरकारले समेत चाडबाड रहेको महिनामा अन्य महिनाको तुलनामा बढी राजस्व सङ्कलन गर्ने गरेको विभागको तथ्याङ्कले देखाउँछ । नेपालमा चाडपर्वलाई परिवारसँग जोडेर हेर्ने परम्परा छ । दसैँमा मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने र छठमा पारिवारिक तथा सामुदायिक आस्थालाई अभिव्यक्ति गर्ने चलन छ । सामान्य महिनामा नियमित घरखर्च चलाउन नसक्ने परिवारले समेत चाडपर्व मनाउन ऋण काढेर, सरसापटी लिएर भए पनि आवश्यकता पूरा गर्न खर्च गर्ने गर्छन् । दसैँमा नयाँ लुगा किन्ने, घर मर्मत गर्ने र रङ्ग्याउने, मासु तथा अन्य खाद्य वस्तु, मरमसला, तेल, घिउ खरिद गर्ने, यातायात खर्च र आफन्तलाई दक्षिणा, उपहार दिने चलन छ । तिहारमा मिठाई, फूलमाला, बत्ती, सुनचाँदी, सिक्का, पूजा सामग्री खरिद र दक्षिणा, उपहारका लागि खर्च हुन्छ । छठ पर्वका लागि पनि पूजा सामग्री तथा आवश्यक खाद्य वस्तु जुटाउन रकम खर्च हुँदा बजार चलायमान हुन्छ । चाडपर्वमा यसका अतिरिक्त गाउँबाट सहर वा सहरबाट गाउँ फर्कने मानिसको यात्रा खर्च पनि बढ्छ । अरू महिनाभन्दा चाडपर्वमा आवतजावत बढ्छ । यातायात क्षेत्रमा बढेको चापले आर्थिक गतिविधि बढाउँछ ।

Suzuki New Bike & Scooter

नेपालमा चाडपर्वको समयमा उपभोग बढ्ने, आफन्त भेटघाट र नयाँनयाँ स्थानमा घुमफिर गर्ने चलन रहेकाले बजारमा वस्तु तथा सेवाको माग बढ्छ । सो माग पूरा गर्न अधिकांशले आफ्नो आम्दानी र बचत रुपैयाँ खर्चिन्छन् भने नहुनेले ऋण गरेर, सरसापटी लिएर र विदेशमा रहेका आफन्तसँग हारगुहार गरेर चाडपर्वका लागि आर्थिक जोहो गर्छन् । चाडपर्वमा रेमिट्यान्ससमेत बढी नै भित्रिने गरेको राष्ट्र बैंकले सार्वजनिक गर्ने तथ्याङ्कले पुष्टि गर्छ । चाडपर्वका लागि वर्षभरि सञ्चित गरी राखेको पैसा खर्च गर्ने र आपूmसँग भएको वस्तु बिक्री गर्ने प्रचलन रहेकाले चाडपर्वका लागि आवश्यक माग पूरा गर्न खरिद, बिक्रीको शृङ्खला अन्य महिनाको भन्दा असोज–कात्तिकमा उल्लेख्य हुने गरेको छ । सरकारको मातहतमा रहेका सङ्घसंस्थादेखि उद्योगी–व्यवसायीले समेत उपभोगीय वस्तु खरिदका लागि चाडपर्वलक्षित छुट योजना ल्याउने गरेकाले पनि यो अवधिमा व्यापारिक कारोबार बढ्ने गरेको छ । चाडपर्वको अवसरमा उद्योगी व्यवसायीबाट कृत्रिम अभाव सिर्जना, मिसावट तथा मूल्यवृद्धि गर्ने र कम गुणस्तरीय वस्तु तथा सेवा दिने गरेको गुनासो उपभोक्तालाई हरेक वर्ष गर्ने गरेकाले सरकार त्यसप्रति चनाखो र बजार अनुगमनमा ध्यान दिनुपर्छ । सरकारको निगरानी र उपस्थितिले वस्तु र सेवा खरिद गरे नागरिक ठगिने र अनावश्यक दुःख पाउने अवस्था हुनेछैन । दुईतिहाइको सरकारले यसतर्पm खासै ध्यान नदिँदा चाडपर्व सुरु भएसँगै बजारमा महँगी बढेको, कृत्रिम अभाव भएको र कमसल वस्तु खरिद गर्नुपरेको उपभोक्ताको गुनासो रहेको छ ।

 

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह