+
Search

ताजा अपडेट +

पपुलर +

‘हाम्रो नुवाकोट हामी नुवाकोटे’ सार्वजनिक

‘हाम्रो नुवाकोट हामी नुवाकोटे’ सार्वजनिक
त्रिशूली प्रवाह
८ घण्टा अगाडी

विदुर । नुवाकोट सेवा समाज दोहा, कतारको प्रस्तुतिमा नुवाकोटको भौगोलिक, ऐतिहासिक र सांस्कृतिक विविधतालाई समेटिएको गीत ‘हाम्रो नुवाकोट हामी नुवाकोटे’ सार्वजनिक भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

पुरू लम्सालको शब्द रहेको गीतमा सिद्धान्त परियार, सुनील थापा, पवित्रा गुरुङ र मुना खड्काले स्वर दिनुभएको तथा रामजी थापाले सङ्गीत भर्नुभएको छ । युट्युबमा समेत उपलब्ध गीतको सङ्गीत संयोजन नारायण दङ्गालले र रेकर्ड सागर पुनले गर्नुभएको छ । मिक्स तथा मास्टरिङ कुमारसानु पुनले र भिडियो निर्देशन रामजीले गर्नुभएको छ । छायाङ्कन केदार ढकाल र भी गुरूङको रहेको गीतको सम्पादन तथा कलर रोशन धितालले गर्नुभएको छ । पोस्ट प्रोडक्सन धिताल फिल्म्सले प्रस्तुत गरेको गीतमा विदेशमा रहेका नुवाकोटेको आफ्नो माटोप्रतिको माया र पहिचान उजागर गरेको समाजले जनाएको छ ।

Suzuki New Bike & Scooter

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह