+
Search

ताजा अपडेट +

पपुलर +

सापकोटा कल्याण केन्द्रद्वारा बाढीपीडितलाई नगद हस्तान्तरण

सापकोटा कल्याण केन्द्रद्वारा बाढीपीडितलाई नगद हस्तान्तरण
त्रिशूली प्रवाह
८ घण्टा अगाडी

विदुर । गत भदौ १० गते भोटेकोसी–त्रिशूली हिमबाढीमा परी निधन भएका रसुवा, नुवाकोटका कौडिण्य गोत्रीय सापकोटा बन्धुका परिवारलाई सापकोटा कल्याण केन्द्रबाट नगद सहयोग र समवेदनापत्र हस्तान्तरण भएको छ । गत कार्तिक २८ गते शनिबार विदुरमा रसुवा र नुवाकोटका चार जनालाई केन्द्रले नगद रू.२१ हजार र समवेदनापत्र प्रदान गरेको थियो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

बाढीमा परी रसुवा उत्तरगया गाउँपालिकाका इन्जिनियर सुरेश सापकोटा, सन्तोष सापकोटा, गङ्गा सापकोटा र नुवाकोट विदुर-६ मूलथलाका बसन्त सापकोटाको निधन भएको सापकोटा कल्याण केन्द्र नुवाकोट जिल्ला कार्यसमितिका अध्यक्ष मुरलीप्रसाद सापकोटाले जानकारी दिनुभयो । नगद राहत वितरण तथा समवेदना पत्र हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सापकोटा कल्याण केन्द्रका केन्द्रीय कार्यसमितिका सभापति डा.कवीन्द्रप्रसाद शर्मा सापकोटाले भोटेकोसी बाढीमा परी नौ जनाले ज्यान गुमाएको जानकारी दिनुभयो । बाढीमा परी काभ्रे, बनेपाका उद्धव सापकोटा, काभ्रे पनौतीका अच्युतम सापकोटा, ललितपुरका प्रदिप सापकोटा, सिन्धुपाल्चोक बाह्रबिसेका उदय सापकोटा, सिन्धुली कमला नगरपालिकाका लक्ष्मण सापकोटाको निधन भएको विवरण प्राप्त भएको समेत उहाँले बताउनुभयो । बाढीपिडित सहयोगको लागि केन्द्रले आह्वानमा स्वदेश तथा विदेशमा रहनुभएका सापकोटा बन्धुबाट नगद रू.आठ लाख १० हजार र जिन्सी रू.चार लाख गरी जम्मा रू.१२ लाख १० हजार सङ्कलन भएको जानकारी दिइएको थियो । प्राप्त राहत सहयोगमध्ये रू.पाँच लाख ९२ हजार र प्रधानमन्त्री केन्द्रीय राहतकोषमा जम्मा गरेको, नौ जना बाढीबाट हराइरहेका परिवारलाई रू.२१ हजारको दरले वितरण गरेको, जिन्सी सामान बाढी प्रभावित क्षेत्रका परिवारलाई वितरण गरेको केन्द्रीय कार्यसमितिका वरिष्ठ उपसभापति ईश्वरप्रसाद सापकोटाले बताउनुभयो । राहत वितरण कार्यक्रममा केन्द्रीय सदस्य गोकर्णप्रसाद सापकोटा, वागमती प्रदेश समितिको उपसभापति उद्धवप्रसाद सापकोटा र उपत्यका समन्वय समितिका सभापति कृष्णप्रसाद सापकोटाको उपस्थिति रहेको थियो ।

Suzuki New Bike & Scooter

 

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह