ज्यानमारा भोटेकोसी–त्रिशूली बाढी प्रभावितको जनधनको सूची केन्द्रमा पठाउन किन ढिलो गरेको हो, अब चाइन्जो जनप्रतिनिधि र कर्मचारीले जवाफ दिऊन् । बाढी प्रभावित र बेपत्ताको सूची राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा ३२ जिल्लाको पुग्दा न्वाँकोटको भने नपुग्ने हुन्छ कहीँ, चाइन्जो । जनधन र भौतिक क्षतिको विवरण सङ्कलनमा पालिकाको राजनीति हाबी हुँदा प्रभावित भने डल्लै ! बाढीमा बेपत्ता भएका न्वाँकोटका नागरिक मृतक घोषणा र मृत्युदर्ता प्रक्रियामा ढिला हुँदा घन्टी पाटीले चाइन्जो स्थानीय तहको निर्वाचनाँ जितुँला कि भन्दै मुख मिठ्याएको तीनआँखेले देखिहाल्यो ? क्षतिको विवरणाँ नि मेरो र तेरो, फलानो र ढिस्कानो पाटी भन्ने अनि सरकारी र गैरसरकारी संस्थाबाट पाउने राहताँसमेत वडावासी छुट्ने अवस्था हुँदा फेरि पनि भोट पाऔँला भनी पुराना दलले नचिताए नि हुन्छ । जय नेपाल कमरेड !










प्रतिक्रिया