• पच्चिस मेगावाट सौर्य विद्युत् राष्ट्रिय प्रसारणमा जोडिंदै

    २९ फाल्गुन २०७६, बिहीबार ११:११

    बट्टार, नुवाकोटको देवीघाट जलविद्युत् केन्द्रको परिसरमा निर्माण भईरहेको देशकै सबैभन्दा ठूलो सौर्य विद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । गत २०७५ वैंशाखमा शिलान्यास गरिएको सो आयोजना एक वर्षभित्र निर्माण सक्ने लक्ष्य थियो तर आयोजनाको डिजाइन स्वीकृति, रूख कटानलगायतका कारणले निर्माण एक वर्ष ढिलाई भयो । नुवाकोटमा निर्माणाधीन २५ मेगावाटको आयोजनाबाट चैतभित्र १०, वैंशाखमा […]

  • शिक्षक संगठनको अध्यक्षमा गुरुङ

    २९ फाल्गुन २०७६, बिहीबार ११:०९

    धुन्चे, रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकास्तरीय नेपाल शिक्षक संगठनको गत हप्ता अधिवेंशनले बलबाहदुर गुरुङको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्वत्ले चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा जमानसिंह घले, महिला उपाध्यक्षमा शर्मिला तामाङ, सचिवमा लोकराज भट्ट, कोषाध्यक्षमा ईश्वरीमाया घले, सह–सचिवमा पुर्णिमाया स्याङताङ, शुसिला न्यौपाने चयन भएका छन् भने सदस्यमा केशव बाँस्कोटा, आँशुकुमार पाख्रिन, बुधे घले, तितुङ तामाङ, भिम […]

  • फिकुरी नयाँ पदयात्रा गन्तब्य

    २९ फाल्गुन २०७६, बिहीबार ११:०८

    विदुर, राजधानीबाट नजिकै रहेको नुवाकोटको किस्पाङ गाउँपालिकाको फिकुरी डाँडा नयाँ ट्रेकिङ गन्तब्यका रूपमा प्रचार–प्रसारमा आएको छ । ३ हजार ८ सय मिटरको उचाईमा रहेको फिकुरी डाँडाबाट लाङटाङ, गोसाइँकुण्ड, मनास्लु, अन्नपूर्ण, गणेश हिमाललगायत तिब्बती हिमश्रृंखलासमेत सहज देख्न सकिन्छ । सडकमार्ग बिस्तारसँगै नेपालका पदमार्गहरू मासिंदै गएका छन् । गत हप्ता रसुवा–नुवाकोट पर्यटन समाजको आयोजना र नेपाल पर्यटन […]

  • Logo of trishuli prawaha

    विदुर नगरपालिकामा घरेलु संघ गठन

    २९ फाल्गुन २०७६, बिहीबार ११:०२

    बट्टार, विदुर नगरपालिकाभित्रका घरेलु तथा साना उद्योगी ब्यवसायीको शनिबार भएको भेलाले नेपाल घरेलु तथा साना उद्योग विदुर नगरपालिकाका संघ गठन गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सुर्यबहादुर कडेलको प्रमुख आतिथ्यतामा भएको भेलाले वाटर टावर होटलका सञ्चालक राममणी अधिकारीको अध्यक्षतामा ११ सदस्य नेपाल घरेलु तथा साना उद्योग विदुर नगरपालिका संघको तदर्थ समिति […]

  • Logo of trishuli prawaha

    कोरोना भाईरसको त्रासले रसुवाको पर्यटन ब्यवसाय सुनसान

    २३ फाल्गुन २०७६, शुक्रबार १४:५७

    धुन्चे, कोरोना भाईरसको त्रासले विदेशी पर्यटकको चहल–पहल नहुँदा रसुवाको पर्यटन ब्यवसाय अहिले सुनसान अवस्थामा पुगेको छ । ४४ देशमा कोरोना भाईरस प्रभाव परेपछि विदेशी पर्यटकको भ्रमण नेपालमा रोकिंदा रसुवालगायत देशैभरका पर्यटकीयस्थलको पर्यटन ब्यवसाय सुनसान बनेको छ । रसुवा जिल्लामा विगत केही समय यता कोरोना भाईरसको त्रासका कारण लाङटाङ राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या न्युन […]

  • लोकनृत्य प्रतियोगिता सम्पन्न

    २२ फाल्गुन २०७६, बिहीबार १५:४८

    बट्टार, नुवाकोटको शैक्षिक विकासमा क्रियाशिल असहाय, जेहेन्दार तथा जनाजतिको लागि शिक्षा संस्थाको ११औं वार्षिकोत्सव तथा छैठांै अधिवेंशनको उपलक्ष्यमा तार्केश्वर गाउँपालिकाभित्रका आधारभुत र मावि तह स्तरीय लोकनृत्य प्रतियोगिताको सम्पन्न भएको छ । सो प्रतियोगितामा प्रथम हुने पिमल्टार माविलाई ८ हजार, दोस्रो हुने शंखादेबी माविलाई ६ हजार, तृतीय हुने श्रीकृष्ण मावि लाई ४ हजार र सान्तोना हुने […]

  • Logo of trishuli prawaha

    महादेव, चण्डेश्वरी र कालिका हिमालय माविलाई स्कुल बस

    २२ फाल्गुन २०७६, बिहीबार १५:४७

    विदुर, वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्यालय बस सेवा कार्यक्रमको लागि नुवाकोटको दुई वटा सामुदायिक विद्यालय सहित १३ जिल्लाको २५ वटा विद्यालयलाई बस उपलब्ध गराउने भएको छ । मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत विद्यालय बस सेवा अनुदानको कार्यक्रमको लागि “विद्यालय बस सेवा कार्यक्रम सञ्चालन कार्यविधी” अनुसार वागमती प्रदेशभित्रका १३ जिल्लाका २५ विद्यालय छनौटमा […]

  • Logo of trishuli prawaha

    महिला हिंसाको कारण र न्युनिकरण

    २२ फाल्गुन २०७६, बिहीबार १५:४६

    – रेविका पुडासैनी चार कोठाभित्र थुनिन्छन् नारी, पिटिन्छन्, अझै कति बुहारी मन्दिरभित्र गए शक्तिको रूप रे, घरभित्र किन बिचरी नारी । माथिका हरफले महिला हिंसा र महिला हिंसाको अवस्था राम्रोसँग देखाउँछ । संस्कृतिले भन्छ, नारीलाई पुजे देवता रमाउँछन् रे, तर यी कुरा शास्त्र र मन्दिरमा मात्र सिमित रहन्छन् । अझै कति महिलाको अवस्था त दयनिय […]

  • Logo of trishuli prawaha

    कोरोनाको कारण नेपालको अर्थतन्त्र डामाडोल

    २२ फाल्गुन २०७६, बिहीबार १५:३९

    चीनबाट शुरु भएको कोरोना भाईरस (कोभिड–१९) को कारण नेपालको अर्थतन्त्र तहस–नहस हुने अवस्थामा पुगेको छ । चीनबाट नेपाल प्रवेश गर्ने सबै नाका बन्द गरिएको छ । रसुवागढी नाका पनि केही समयदेखि बन्द छ । जसको कारण रसुवागढी भन्सारको राजश्व संकलन शून्यमा झरेको छ । अन्य नाकाको अवस्था पनि यस्तै छ । चीनका सामान कडा जाँचपछि […]

  • ढुक्क हुनुहोस् नेकपा फुट्दैन : वरिष्ठ नेता खनाल

    २२ फाल्गुन २०७६, बिहीबार १५:३८

    विदुर, नेकपामा जति विवाद र अविश्वास आएपनि पार्टी भने नफुट्ने पूर्व प्रधानमन्त्री एंव नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ठेकुवा गर्नुभएको छ । उहाँले शनिबार नेकपा नुवाकोटको पार्टी कार्यालयमा पत्रकारसँगको भेटघाटमा उक्त कुरा बताउनुभएको हो । वर्तमान सरकार बनेको दुई वर्ष भएपनि राम्रा काम गर्न नसकेको जस्तो लागेकाले सरकारको समिक्षा गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । […]