हाम्रा कुरा

  • हाम्रा कुरा: सिक्दैमा बित्यो जनप्रतिनिधिको पाँच वर्ष

    १२ फाल्गुन २०७८, बिहीबार १२:३९

    नेपालले सङ्घीय प्रणाली अवलम्बन गरेपश्चात् निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल पूरा गर्ने क्रममा छ । यस अवधिमा स्थानीय तहको कार्यसम्पादनको लेखाजोखा सबै क्षेत्रबाट भइरहेको छ । संवैधानिक व्यवस्थानुसार वैशाख ३० गते निर्वाचित जनप्रतिनिधिको कार्यकाल समाप्त हुनेछ । संविधानले स्थानीय तहको अधिकार सूची निर्धारण गर्नका साथै स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको काम, कर्तव्य र […]

  • निर्वाचनले आर्थिक गतिविधि बढाउँछ

    ६ फाल्गुन २०७८, शुक्रबार १२:५२

    नेपालको गणतान्त्रिक संविधानअनुसार दोस्रोपटक स्थानीय निर्वाचन आगामी वैशाख ३० गतेका लागि मिति घोषणा भएको छ । मुलुकको ध्यान अहिले निर्वाचनतिर गएको छ । निर्वाचन तोकिएकै समयमा हुन नदिन विभिन्न शक्तिकेन्द्र सल्बलाइरहेका छन् । राजनीतिक दलहरूको गतिविधिसमेत निर्वाचन हुने वातावरण बिथोल्न उद्यत् देखिन्छ । गणतन्त्र ल्याउन हातोमालो गर्ने राजनीतिक दलहरू अहिले विशेष चनाखो हुनुपर्ने अवस्था आएको […]

  • हाम्रा कुरा: मलमा झेल गर्ने भ्रष्टाचारी नउम्किऊन्

    २९ पुष २०७८, बिहीबार १३:२४

    केही दिनअघि सरकारको मातहतमा रहेको कृषि सामग्री संस्थान लिमिटेडका सञ्चालकसहित १० जनामाथि अनियमितता गरेको प्रमाणित कागजपत्रसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको समाचार सनसनी रूपले फैलियो । सरकारको मातहतमा रहेको निकायले गरेको भ्रष्टाचारको शृङ्खला बाहिर आएसँगै कृषिमा आश्रित नेपालीको मनोबल गिराएको छ । धर्तीपुत्रका रूपमा रहेका किसानका लागि अत्यावश्यक मल तथा कृषि सामग्री […]

  • हाम्रा कुरा: काङ्ग्रेस सभापति देउवाको परीक्षा सुरु

    १८ पुष २०७८, आईतवार ०८:२६

    नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन नेतृत्व चयन गर्दै गत हप्ता सम्पन्न भएको छ । नेपालको प्रजातान्त्रिक इतिहासमा लामो एवम् अग्रणी भूमिका निर्वाह गरेको पुरानो पार्टी नेपाली काङ्ग्रेस हो । यो पुरानो ऐतिहासिक पार्टीको सभापतिमा दुईपटक पराजित हुँदै दुईपटक विजय भएर दोस्रो कार्यकालको नेतृत्व समालेका छन् । काङ्ग्रेसले आफ्नो स्थापनाको सात दशक अवधिमा १४औँ पटक महाधिवेशन गरेको […]

  • हाम्रा कुरा: चिसोले कसैको ज्यान नजाओस्

    ९ पुष २०७८, शुक्रबार ०७:३०

    पुसको ठण्डी सर्वसाधारण निमुखा जनताका लागि ज्यान जोगाउन मुस्किल परिरहेको छ । चिसोको कारण तराई, पहाड र हिमाली क्षेत्रका हुदाँखाने जनता पुस-माघ महिना कटाउन थरथरी कामिरहेका छन् । चिसो बढेसँगै नयाँ भेरियन्ट भनिएको ओमिक्रोन कोरोना सङ्क्रमणले महामारी निम्त्याउने हो कि भन्ने चिन्ता थपिएको छ । चिसोमा कोरोना सङ्क्रमण फैलिने भएकोले थप सतर्कता अपनाउन जरुरी छ […]

  • कृषिमा आमूल परिवर्तनको खाँचो

    ५ मंसिर २०७८, आईतवार १२:१८

    नेपाललाई कृषिप्रधान मुलुक भनेर चिनिन्छ । तर, कृषि उत्पादनले नेपाललाई खान पुग्दैन, कस्तो दुर्भाग्य ! कुल जनसङ्ख्याको करिब ६५ प्रतिशत कृषि पेसामा आबद्ध छन् । यति धेरै सर्वसाधारण कृषिमा लागेर पनि मुलुकमा अति आवश्यक स–साना कृषिजन्य वस्तुमा समेत अन्य मुलुकको भर पर्नुपर्ने अवस्था छ । मागअनुसार कृषिजन्य वस्तु उत्पादन नहुँदा पछिल्लो समय नेपालीका भान्छामा अधिकांश […]

  • हाम्रा कुरा : पालिकाको बेरुजुको उपचार खोज

    ३१ भाद्र २०७८, बिहीबार १३:२६

    सिंहदरबारको अधिकार प्रयोग गरिरहेका नुवाकोटका पालिकामा बर्सेनि बेरुजुको चाङ बढिरहेको छ । आर्थिक अनुशासनहीनता नै बेरुजु बढ्नुको मुख्य कारण देखिएको छ ।       महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदनमा नुवाकोटको १२ वटै पालिकामा बेरुजु रकमको ग्राफ अघिल्लो आ.व.को तुलनामा दोब्बरले बढेको छ । बेरुजु प्रत्येक वर्ष बढिरहेको प्रतिवेदन बाहिरिँदासमेत राज्यका कार्यकारी तहका कुनै निकायले पनि […]

  • हाम्रा कुरा : मौद्रिक नीति कार्यान्वयन होस्

    ३ भाद्र २०७८, बिहीबार १२:२३

    नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व कायम राख्ने राणनीतिसहित चालू आर्थिक वर्ष ०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।       कोरोना महामारीबाट थलिएको अर्थतन्त्रलाई सहज बनाउँदै वित्तीय स्थायित्व कायम राख्न सक्नु अहिलेको मुख्य चुनौती रहेको छ । दुईपटकको कोरोनाको लहरले धराशायी बनेका मुलुकको अर्थतन्त्र चलायमान बनाउन मात्रै सके मौद्रिक रणनीति सफल बन्छ । […]

  • हाम्रा कुरा : खोप केन्द्र बढाऔँ

    २१ श्रावण २०७८, बिहीबार १२:२५

    कोरोना महामारी अझै निर्मूल हुन सकिरहेको छैन । पछिल्लो समय झनै कोरोनाको सङ्क्रमण दर बढ्दो छ । यस्तोमा स्वास्थ्य सुरक्षाका मापदण्डमा खेलाँची गर्नु हुन्न, यसले नै कोरोना भाइरसबाट जोगिन सहयोग पु¥याउँछ । खोपले महामारीको नियन्त्रण गर्छ भनिए पनि हाम्रोमा पर्याप्त मात्रामा खोपको आयात हुन सकिरहेको छैन । आएका खोपको पनि व्यवस्थापन गर्न सरोकारवाला निकायले सकिरहेको […]

  • हाम्रा कुरा नेपाली काङ्ग्रेसलाई अवसर !

    १४ श्रावण २०७८, बिहीबार १२:०७

    ०७४ को निर्वाचनमा हार व्यहोरेको नेपाली काङ्ग्रेसकोे सत्तामा जाने सपना चकनाचुर भएको थियो । देशको राजनीतिमा असम्भव भन्ने नै हुँदो रहेनछ । जनताले प्रतिपक्षको कित्तामा पु¥याएको काङ्ग्रेसलाई कम्युनिस्ट पार्टीको आन्तरिक कलहले सोच्दै नसोचेको सत्ता हात प¥यो । दुई साताअघि नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री देउवाले संसद्बाट विश्वासको मत […]