हाम्रा कुरा

  • हाम्रा कुरा : सामुदायिक विद्यालयलाई विद्यार्थी बटुल्ने अवसर

    ७ श्रावण २०७८, बिहीबार १२:१७

    कोरोना महामारीले गत वर्ष र यस वर्षको शैक्षिक सत्र क्यालेन्डरअनुसार सञ्चालन हुन सकेको छैन । कोभिड– १९ को महामारी नफैलिएको भए नेपालको शैक्षिक सत्र सुरु भएको अहिले चार महिना बितिसक्थ्यो ।        जिल्लाका प्रायः सबै सामुदायिक विद्यालयमा विद्यार्थी घट्ने क्रम केही वर्षदेखि चलिरहेको थियो । सरकारले सामुदायिक विद्यालय उकास्न जति प्रयत्न गरे पनि […]

  • हाम्रा कुरा: कोरोना जोखिम कायमै

    ३१ असार २०७८, बिहीबार ०९:०६

    सरकारले कोरोनाका कारण जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेपछि देशभरि कोरोना थप भयावह बन्ने अवस्था निर्माण भएको छ । निषेधाज्ञालाई कडाइपूर्वक लागू गरिरहँदाका अवधिको तुलनामा अहिले फेरि कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लाग्ने क्रममा छ ।        नुवाकोट जिल्लामा कोरोनाको सङ्क्रमणदर पाँच सयकै वरिपरि रहिरहेको छ । जिल्लामा कोरोनाको बढी सङ्क्रामक मानिएको नयाँ भेरियन्ट पनि […]

  • हाम्रा कुरा : चीनबाट नेपालले सिक्ने कि ?

    २५ असार २०७८, शुक्रबार १३:१९

    एकदलीय राजनीतिक शासन प्रणाली अपनाएको उत्तरी छिमेकी मित्रराष्ट्रले गत हप्ता कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकोत्सव सिङ्गो विश्वलाई तरङ्गित हुने गरी मनाएको छ ।       सुशासनको पद्धति अँगालेको कम्युनिस्ट देशले चकित बनाउने गरी विकासलाई चरमचुलीमा पु¥याउन सफल भएको छ । चीन यतिबेला भौतिक विकासमा मात्र सफल नभएर विश्वका कुनै पनि शक्तिराष्ट्रलाई चुनौती दिन सक्षम भएको […]

  • हाम्रा कुरा : कोरोनाको खोप सुनिश्चित गर !

    २१ असार २०७८, सोमबार १२:२७

    कोरोनाको दोस्रो लहर सेलाउन नपाउँदै तेस्रो लहरको चिन्ता बढ्न थालेको छ । सरकारले खोप कहिले ल्याउने हो टुङ्गो लागिसकेको छैन । सम्पन्न र शक्तिशाली देशले आफ्ना अधिकांश नागरिकलाई खोप लगाइसकेका छन् । बाँकी देशले पनि खोप सुनिश्चित गरिसकेका छन् ।      हाम्रो देशले पनि पहिलो डोज खोप लगाएको थियो । खोप लगाएका ज्येष्ठ नागरिकलाई […]

  • हाम्रा कुरा : बजेट बृद्धिले मात्र कृषि उत्पादन बढ्दैन

    २७ जेष्ठ २०७८, बिहीबार ११:४७

    सरकारले आगामी वर्ष २०७८/०७९ को लागि कृषिमा अहिलेसम्मकै सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेटमा कृषि तथा पशुपंक्षीतर्फ ४५ अर्ब ९ करोड विनियोजन गरेको छ । कृषि तथा पशुपंक्षीतर्फ विनियोजन भएको बजेट २०७७/०७८ को तुलनामा ३ अर्ब ६९ करोड रूपैयाँ बढी हो । सरकारले गत आ.व.२०७७/०७८ का कृषि तथा पशुपंक्षीतर्फ […]

  • हाम्रा कुरा : राजनीतिक स्थिरता आजको आवश्यकता

    १९ चैत्र २०७७, बिहीबार १५:००

    विभिन्न घटनाक्रमले प्रतिनिधिसभा पुनस्र्थापना भयो । राजनीतिले एउटा गति लिएको छ । तैपनि संसद्ले जनअपेक्षाअनुसार काम गर्न सकिरहेको छैन । नयाँ सरकार बन्ने हल्लासँगै मुलुक फेरि राजनीतिक अस्थिरतातर्फ धकेलिएको छ । मुलुकलाई राजनीतिक अस्थिरतातर्फ लैजाने खेल भने नयाँ होइन । एकथरी पक्ष राजनीतिक अस्थिरतासँगै आफ्नो स्वार्थ पूर्ति गर्ने नियमित धन्दामा लागिरहेको छ । राजनीतिक अस्थिरताको […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : ओलीका तीन वर्ष निर्णय धेरै, उपलब्धि न्यून

    १३ फाल्गुन २०७७, बिहीबार १३:१४

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार बनेको गत हप्ता तीन वर्ष पुगेको छ । तीन वर्षअघि दुईतिहाई नजिकको बहुमतबाट बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले यो अवधिमा अपेक्षित काम गर्न सकेनन् ।        प्रजातन्त्रको पुनरागमनपछि धेरै समय नेपाली काङ्ग्रेसको सरकारले काम गरेको भए पनि सरकारको नेतृत्व सम्हाल्ने मौका भने कम्युनिस्ट पार्टीको आधा दर्जन नेताले […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : संविधान हेर्ने कि सडकको भिड ?

    ६ फाल्गुन २०७७, बिहीबार १४:५५

    संसद् विघटनसँगै ताजा जनादेशका लागि प्रधानमन्त्री केपी ओलीद्वारा चुनावको घोषणा भएपछि देश मुठभेडतर्फ उन्मुख भइरहेको छ । राजनीतिक दल, सर्वोच्च अदालत, निर्वाचन आयोगलगायत संवैधानिक निकाय अहिले विभाजित देखिन्छ ।      सबैको नजर अहिले सर्वोच्च अदालततर्फ तेर्सिएको छ । अदालतले के गर्छ मै जनताले चासो व्यक्त गर्न थालेका छन् । अदालतले दिने निर्णयपछि मात्र देशमा […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : आमसभाको सट्टा आमसभा होइन !

    २९ माघ २०७७, बिहीबार १०:४६

    नेपालको राजनीति अहिले अनौठो मोडमा उभिएको छ । देशको राजनीतिमा पटक-पटक विभिन्न मोड आएका थिए । विगतको मोडले धेरै परिवर्तन ग¥यो । जनतालाई अधिकार सम्पन्न र शासन शक्तिको स्रोतको रूपमा स्थापित गरायो ।       मुलुक र जनताको अभिभावक सरकार हो । राजनीतिक दलले जनादेशमार्फत सत्ता सञ्चालनको अख्तियारी पाएपछि सिङ्गो मुलुकलाई अग्रगमनको दिसामा डो¥याउने […]

  • Logo of trishuli prawaha

    हाम्रा कुरा : अदालत र निर्वाचन आयोग विवादमा तानिंदै

    २३ पुष २०७७, बिहीबार १४:५७

    हिजो आज राजनीतिले सडक र पूरै देश तातेपनि बाहिरको मौसम भने निकै चिसो भईरहेको छ । लामो अस्थिरता र अन्योललाई चिर्दै २०७२ सालमा संविधान जारी हुँदा हामीमा भिन्दै खालको उत्साह थियो । मुलुक विकास र सम्बृद्धिको दिसातर्फ फड्को मार्ने र हाम्रा दुःखका दिन समाप्त हुने आशा जनताले गरेका थिए । राजनैतिक दल र विभिन्न किसिमको […]