हाम्रा कुरा

  • महङ्गी वृद्धि दोब्बर !

    ३० असार २०७९, बिहीबार १५:०७

    महङ्गीले जनताको ढाड सेकिएको छ । महङ्गीले सर्वसाधारणदेखि हुनेखानेसम्मको दैनिक जनजीवन प्रभावित भइरहेको छ । सरकार महङ्गी नियन्त्रणमा भन्दा अन्तर्राष्ट्रिय घटनाक्रमलाई दोष दिएर महङ्गी बढाउन मलजल गरिरहेको छ । महङ्गी नियन्त्रणमा सरकारी निकायका काम निकम्मा भएको छ । सरकार छ भन्ने महसुस जनताले गर्न सकेका छैनन् । देश चरम आर्थिक सङ्कटमा पर्न सक्ने चिन्ता सर्वत्र […]

  • स्थानीय सरकारको बजेट कार्यान्वयनमा समन्वय जरुरी

    १७ असार २०७९, शुक्रबार १३:१७

    असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार नुवाकोट, रसुवा र धादिङसहित सात सय ५३ मध्ये अधिकांश पालिकाले आ-आफ्नो गाउँ-नगरसभामा बजेट पेस गरेका छन् । पालिकाले गाउँ/नगरसभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गरेर पारितको प्रक्रिया थालेका छन् । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले सबै स्थानीय […]

  • भू-उपयोग नियमावली लागू नहुने

    ९ असार २०७९, बिहीबार १२:५२

    सरकारले बिनातयारी भू-उपयोग नियमावली, २०७९ जारी गरेको दुई हप्ता भइसकेको छ । नियमावली जारी गरे पनि जग्गा वर्गीकरणका लागि उपयुक्त आधार नबनाएकाले जग्गाको कित्ताकाट, दृष्टिबन्धक र रजिस्ट्रेसनलगायतको काम रोकिएपछि सर्वत्र विरोध भयो । चौतर्फी विरोध भएपछि यो नियमावली बिनातयारी आएको भनी सर्वोच्च अदालतमा मुद्दासमेत प¥यो । जग्गाको वर्गीकरण नगरी रोक्का नगर्न भूमि मन्त्रालयको निर्देशन तत्काल […]

  • रासायनिक मलमा किन सधैँ झेल ?

    २ असार २०७९, बिहीबार १३:१६

    नेपाल कृषिप्रधान देश भनिरहनुपर्दैन । नेपालको जनसङ्ख्याको आधाभन्दा बढी जनता कृषिमै निर्भर छन् । नेपाल र कृषि क्षेत्रको सम्बन्ध धेरै व्याख्या गरिरहनु आवश्यक छैन । नेपाली कृषि अझै पनि परम्परागत तौरतरिकामै चलिरहेको छ । परम्परागत तवरको खेती किसानी हुनु पनि नेपाली कृषि कर्मको विशेषता रहेको छ । कृषिप्रधान भनिने देशमा किसानका दुःख भने कम छैनन् […]

  • पुँजीगत खर्च किन बढ्न सकेन !

    २६ जेष्ठ २०७९, बिहीबार १४:४२

    सरकारले हरेक आर्थिक वर्षमा विनियोजित गरेको पुँजीगत बजेट लक्ष्यअनुसार खर्च गर्न सकेको छैन । बजेट खर्च हुन नसक्दा विकास निर्माण त भएन/भएन बजारमा आर्थिक तरलतासमेत हुने गरेको छ । चालू आर्थिक वर्षमा सरकारले पुँजीगत खर्च बढाउन मातहतका मन्त्रालयलाई धेरै नै निर्देशन दिए पनि सफल हुन सकेको छैन । सरकारले पुँजीगत खर्च उच्च बनाउने लक्ष्य राखे […]

  • चुनाव केन्द्रित बजेट !

    १९ जेष्ठ २०७९, बिहीबार ११:४५

    बर्सेनि बजेट भाषण हुन्छ, बजेट आउँछ, आगामी वर्षका लागि पनि बजेट आएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिसकेको छ । सरकारका अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट पेस गरेका छन् । उक्त बजेटमा आर्थिक सङ्कटको बेला कर्मचारीको तलब वृद्धिदेखि […]

  • निर्वाचित जनप्रतिनिधिलाई बधाई

    १२ जेष्ठ २०७९, बिहीबार ११:१८

    नयाँ संविधान कार्यान्वयनमा आएपछि देशले दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न गरेको छ । पाँच वर्षको प्रतीक्षापछि फेरि स्थानीय तहमा नयाँ पदाधिकारी चयन भएका छन् । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट अधिकांश जनप्रतिनिधि नयाँ अनुहार निर्वाचित भएका छन् । गत ०७४ मा तीन चरणमा निर्वाचन भएको भए पनि यसपटक एकै चरणमा सम्पन्न भएर आएका निर्वाचित […]

  • हाम्रा कुरा : स्थानीय निर्वाचनमा सुधारको खाँचो

    ५ जेष्ठ २०७९, बिहीबार १२:४१

    स्थानीय तहको निर्वाचन २०७९ को मतदान कार्य लगभग पूरा भएको छ । केही स्थानमा मतदान हुन बाँकी छ । जनताले प्रतिनिधि/नेतृत्व छान्ने जिम्मेवारी पूरा गरे । यतिबेला विभिन्न स्थानमा मतगणना कार्य जारी छ । कसले बाजी मार्ने भन्ने कुरा हरेक चियापसल, चोक, चौतारीमा छलफलको विषय बनेको छ । आ-आफ्नै विश्लेषण र भविष्यवाणी चलिरहेको छ र […]

  • हाम्रा कुरा : दुई दिन बिदा कर्मचारीलाई सुविधा

    २२ बैशाख २०७९, बिहीबार ११:५२

    नेपाली काङ्ग्रेसको नेतृत्वको गठबन्धन सरकारले यसअघि काङ्ग्रेसका नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा असफल भएको सातामा दुई दिन बिदा दिने निर्णय जेठ १ गतेदेखि पुनः कार्यान्वयनमा ल्याउँदै छ । मन्त्रिपरिषद्को बैठकले सातामा शनिबार र आइतबार सार्वजनिक बिदाको निर्णय वैशाख १३ गते गरेको थियो । काङ्ग्रेस नेतृत्वमा रहेको सरकारले जनतामारा निर्णय गरेर सातामा एक दिन मात्रै दिँदै […]

  • हाम्रा कुरा : सय वर्षमा हस्तलिखित प्रणाली प्रतिस्थापन

    १५ बैशाख २०७९, बिहीबार १२:१९

    २१औँ शताब्दी कम्प्युटरको जमाना हो । कम्प्युटर क्लिक गरेपछि संसार हेर्न सकिन्छ । संसारलाई बुझ्न सकिन्छ । कम्प्युटर प्रविधि प्रयोगसँगै तपाईं-हाम्रो दैनिकी छिटो, छरितो भइरहेको छ । कम्प्युटरको प्रयोगबिना तपाईं-हाम्रो जीवन नचल्ने अवस्था आएको छ । कम्प्युटरको प्रयोग नेपालका सबै क्षेत्रले गरिरहेका छन् । नेपालमा जग्गासम्बन्धी लिखत सुरु भएको सय वर्षपछि हस्तलिखित प्रणालीलाई बिदाइ गरिएको […]