नुवाकोट

  • Buddha Eyes

    तेस्रो आँखा

    ६ भाद्र २०८१, बिहीबार १२:१०

    नेपालीलाई वर्षैभरि जात्रैजात्रा । धनले गरिब भए पनि नेपाली तीन तहका मनकारी सर्खारले दिने बिदाले वाक्कदिक्क भएर बिदेसिन बाध्य छन् । महँगी र बेथितिले पिल्सिएका नेपालीलाई राहत दिन नसकेका सङ्घ, प्रदेश सर्खार तथा स्थानीय तह बिदा दिने प्रतिस्पर्धामा ऋणमाथि ऋण थोपर्दै । यो हप्ता सरकारी काज्र्यालय चार दिन मात्र खोल्दा सेवाग्राहीलाई कम्ती सास्ती भएन ! […]

  • खम्पा क्याम्पमा भदौमै केन्द्रीय झ्यालखाना सञ्चालन

    ६ भाद्र २०८१, बिहीबार ११:५४

    विदुर । नुवाकोट जिल्लामा निर्माणाधीन केन्द्रीय कारागारको निर्माण पूरा भएसँगै कैदीबन्दी स्थानान्तरण यही महिनाभित्र गरिने भएको छ । विदुर–६ खम्पा क्याम्पमा निर्माणाधीन केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत एक हजार तीन सय ७० कैदीबन्दी राख्ने क्षमताको भौतिक संरचना निर्माण सम्पन्न भएको छ । काठमाडौँ उपत्यका र आसपासका कारागारमा क्षमताभन्दा बढी रहेका कैदीबन्दीको समस्या समाधान गर्न सरकारले नुवाकोटमा […]

  • शिवपुरीमा नयाँ झरना पहिँचान अवलोकनकर्ताको भिड

    ४ भाद्र २०८१, मंगलवार १४:३४

    थानापती । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा अर्को नयाँ झरना पत्ता लागेको छ । पालिकाको वडा नं.–८ मा पहिँचान गरिएको नयाँ झरना गोकुलेश्वर नामाकरण गरिएको छ । उक्त झरनामा पदयात्रा शुभारम्भ भएको छ । राजधानी काठमाडौँबाट नजिकै पर्ने उक्त झरनामा व्यवसायिक पदयात्रा र अवलोकनको शुभारम्भ शनिबारबाट भएको छ । स्थानीयले गोकुलेश्वर झरना पर्यावरण संरक्षण समिति बनाएर […]

  • समृद्धिको बाधक संविधान कि नेता ?

    ३१ श्रावण २०८१, बिहीबार १३:४३

    ‘नेपालको संविधान’ कार्यान्वयनमा आएको करिब १० वर्षपछि संशोधनका विषयमा बहस सुरु भएको छ । वि.सं.२०७२ मा संविधान जारी हुँदा विश्वकै उत्कृष्ट भन्ने नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) अहिले त्यसलाई समृृद्धिको बाधक भनेर आफूअनुकूल व्याख्या गरी जनतालाई भ्रमित पार्दै सत्ताको चास्नीमा डुबुल्की मारिरहेका छन् । संशोधन गर्ने लक्ष्यका साथ संसद्का दुई ठूला दल काङ्ग्रेस […]

  • बौद्ध धर्मावलम्बीका दृष्टिमा पशुपतिनाथ

    ३१ श्रावण २०८१, बिहीबार १३:१५

    शान्ति लामा हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिरमा देश–विदेशबाट हिन्दु श्रद्धालु भक्तजनको सधैँ भिड लाग्ने गर्छ । त्यसो त विभिन्न तिथिमितिमा यहाँ भक्तजनलाई मन्दिर दर्शन गर्नका लागि पालो मिलाउन सुरक्षाको बन्दोबस्त मिलाउनुपर्छ । यो हामीले भोगिरहेको, देखिरहेको सामान्य कुरा हो । हुन त बौद्ध र हिन्दु धर्म एउटै ॐकार परिवारका सनातन धर्मावलम्बी नै हुन् । सबै धर्ममा एक–अर्काप्रति […]

  • राष्ट्रिय परिचयपत्र तस्बिरमा जातीय पहिचानको पहिरन लगाउन पाइने

    ३१ श्रावण २०८१, बिहीबार १३:०६

    विदुर । राष्ट्रिय परिचयपत्रको तस्बिर खिच्दा अब आफ्नो संस्कृति र जातीय पहिचान झल्कने पोसाह र पहिरन लगाउन पाइने भएको छ । यसअघि सिन्दुर, टीकासमेत हटाएर तस्बिर खिच्न लगाइएको भन्दै आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने जनाएको हो । विभागले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने […]

  • खेलकुद महासङ्घ नुवाकोटको अध्यक्षमा राजन

    ३१ श्रावण २०८१, बिहीबार १२:३३

    बट्टार । नेपाल खेलकुद महासङ्घ नुवाकोटको प्रथम अधिवेशनले अध्यक्षमा राजन श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित कमिटीका उपाध्यक्षद्वयमा श्रीकृष्ण श्रेष्ठ र हरिकृष्ण क्षेत्री, सचिवमा महेश बखती, उपसचिवद्वयमा रञ्जित तामाङ र सोवर्ण तामाङ, कोषाध्यक्षमा सरोज डङ्गोल र सदस्यमा जेनी तामाङ, शर्मिला श्रेष्ठ, अनिता तामाङ, दीपक अधिकारी, अर्जुन भट्ट, टीकाराम विष्ट, भुवन डङ्गोल, यादव अधिकारी, कुमार […]

  • स्वास्थ्य स्वयम्सेविकाको व्यक्तिगत घटना दर्ता अभियान

    ३१ श्रावण २०८१, बिहीबार १२:२५

    सुनील श्रेष्ठ नुवाकोट । महिला स्वास्थ्य स्वयम्सेविका सावित्री केसीले आफ्नो कार्यक्षेत्रका वडावासी महिलाको व्यक्तिगत दर्ता घटनामा अग्रसरता देखाएकी छिन् । विदुर-२ की स्वास्थ्य स्वयम्सेविका केसी अशोकबाटिकाकी स्थानीयवासी रमिता श्रेष्ठको विवाह र उनको सन्तानको जन्मदर्ता सहजीकरणमा लागेकी छिन् । सरकारले उपलब्ध गराउने गर्भवती/सुत्केरीको पोषण, जाँचलगायत सेवाबाट वञ्चित हुन नदिन गर्भवती श्रेष्ठको स्वास्थ्य सेवामा उनले तल्लीनता देखाएकी […]

  • Buddha Eyes

    तेस्रो आँखा

    ३१ श्रावण २०८१, बिहीबार १२:२०

    स्थानीय तहमा दिउँसै हुने आर्थिक बेथिति हजार जिब्रा भएका अख्तियारले वर्णन गर्न नसकिरहेको नेपालाँ तेस्रो आँखाले सक्ने त कुरै भएन । पत्रकारितामा दखल राख्ने तारकेश्वरका अध्यक्षले सुशासनलाई समेत चुनौती दिने रेकर्ड राखिरहँदा उनकै आडमा शङ्खादेवी माविमा लेटरप्याड किर्ते गरेर अधिकारी थरका एक शिक्षकले आफूलाई स्वघोषित निप्रअ बनाउने अधिकार पाउँदा केको गनगन हँ ? यसमा विद्यालयका […]

  • निमित्त प्रअको लेटरहेड किर्ते

    ३१ श्रावण २०८१, बिहीबार १२:१०

    तारकेश्वर । नुवाकोटको तारकेश्वर-५ कल्लेरीडाँडास्थित शङ्खादेवी माध्यमिक विद्यालयमा निमित्त प्रधानाध्यापकका लागि विद्यालयको लेटरहेड किर्ते र विद्यालयको छाप अवैध प्रयोग भएको तथ्य सार्वजनिक भएको छ । पालिका शिक्षा समितिले निमित्त प्रधानाध्यापकको नियुक्ति दामोदर कुइँकेललाई गरे पनि पालिका अध्यक्षको निर्देशनमा शिक्षक राजाराम अधिकारीले स्वयम्लाई निमित्त प्रधानाध्यापक स्वघोषित गरी विद्यालय व्यवस्थापन समितिको बैठक मंगलबार बोलाएपछि लेटरहेड किर्ते र […]