त्रिशूलीबजार, त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त त्रिशूली बहुमुखी कलेज नुवाकोटको प्रथम कलेज सभा शनिबार सम्पन्न भएको छ ।कलेजले बनाएको विधानलाई त्रिविले अनुमोदन गरेपछि भएको कलेज सभाले अध्यक्षमा नारायण श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । सभाले विधानअनुसार एक महिलासहित पाँचजनालाई सञ्चालक समितिको सदस्यमा चयन गरेको छ । सर्वसम्मत सञ्चालक समितिको सदस्यमा चयन हुनेमा नारायणबहादुर पाण्डे, परवेज आलम, […]