रसुवा

  • बेत्रावतीधाममा ३० हजारभन्दा बढीले श्राद्ध गरे

    २२ पुष २०७८, बिहीबार ०८:००

    बेत्रावती: रसुवा र नुवाकोट जिल्लाको संगमस्थल बेत्रावतीधाममा आइतबार औँसीको दिन ३० हजारभन्दा बढीले पितृतर्पण (श्राद्ध) गरेका छन् । पौषशुक्ल औँसीमा मुलुकको विभिन्न स्थान जुम्ला, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवालगायत टाढा÷टाढाको मानिससमेत यस पवित्र भूमिमा आफ्नो दिवंगत पितृको सम्झनामा ३० हजारभन्दा बढीले तर्पण दिएको शशि डङ्गोलले जानकारी दिए । चार धाममध्येको एकधाम बेत्रावती हिन्दू […]

  • अवरुद्ध स्याफ्रुबेंसी–टिमुरे सडक पन्छाउन सुरु

    २२ पुष २०७८, बिहीबार ०७:५९

    सरस्वती न्यौपाने स्याफ्रुबेंसी: रसुवा जिल्लामा मंगलबार बिहान गएको सुक्खा पहिरोका कारण अवरुद्ध स्याफ्रबेंसी–टिमुरे सडकको पहिरो पन्छाउने कार्य स्थानीय प्रशासनको सहयोगमा सुरु भएको छ । बुधबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउन थालिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । डिभिजन सडक कार्यालय र जलविद्युत् आयोजनाको एक्स्काभेटर प्रयोग गरी पहिरो पन्छाउन लगाइएको उनले बताए । […]

  • स्वास्थ्यकर्मी सङ्घको अधिवेशन सम्पन्न

    १८ पुष २०७८, आईतवार १६:१४

    धुन्चे: राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ रसुवाको शुक्रबार भएको दोस्रो जिल्ला अधिवेशनबाट सर्वसम्मतले विमल घिमिरे अध्यक्षमा चयन भएका छन् ।विमल घिमिरेसहित २३ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा बलराम न्यौपाने, सचिवमा उपेन्द्र बुलुन, सहसचिवमा कृष्ण भण्डारी, कोषाध्यक्षमा साइका सापकोटा रहेका छन् । सदस्यमा खुम्बु बोहोरा, जानुका न्यौपाने, निरुता गुरुङ, राजेश विष्ट, विजय घले, शेरबहादुर घले, […]

  • नेपाल निजामती कर्मचारीको अध्यक्षमा रमेश

    १८ पुष २०७८, आईतवार १६:१३

    धुन्चे: ‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने मूल नाराका साथ शनिबार सम्पन्न नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रसुवाको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा रमेश गौड चुनिएका छन् । उपाध्यक्ष (खुला)मा उदयचन्द्र दवाडी, महिला उपाध्यक्षमा रूकु क्षेत्री, समावेशी उपाध्यक्षमा कमलप्रसाद पौडेल, सचिवमा राजु तामाङ, सहसचिवमा हेमन्त घिमिरे, कोषाध्यक्षमा प्रभुनारायण चौधरी, खुला सदस्यमा केशवप्रसाद बजगाईं, जीवमणि […]

  • रसुवामा सोह्र सय मतदाता थपिए

    १८ पुष २०७८, आईतवार ०८:५५

    सरस्वती न्यौपाने धुन्चे: आसन्न स्थानीय निर्वाचनको तयारीका लागि जिल्ला निर्वाचन कार्यालय रसुवाले मतदाता नामावली सङ्कलन अभियान सम्पन्न गरेको छ । एक मात्रै निर्वाचन क्षेत्र भएको हिमाली जिल्ला रसुवामा १६ सय मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार जिल्लाको चारवटा गाउँपालिकामा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्दा १६ सय ३९ जना […]

  • रसुवागढी जलविद्युत्को उपकरण जडान सुरु

    १८ पुष २०७८, आईतवार ०८:३९

    धुन्चे: रसुवा जिल्लाको उत्तरी क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य तीव्र रूपमा भइरहेको छ । आयोजनाको अधिकांश संरचना निर्माण सम्पन्न भए पनि कोभिड– १९ सङ्क्रमणका कारण दक्ष प्राविधिक कार्यस्थलमा नआउँदा लामो समयदेखि स्थगन रहेको उपकरण जडान कार्य भर्खरै मात्र सुरु भएको हो । आयोजनाका प्रमुख सत्यराम ज्याख्वाका अनुसार १११ मेगावट विद्युत् उत्पादन गर्ने […]

  • रसुवा भन्सारको राजस्व लक्ष्यभन्दा बढी

    १८ पुष २०७८, आईतवार ०८:३७

    रसुवागढी: चीनबाट आयात गरिएका सामान नेपाल भित्रिने क्रम बढेसँगै रसुवा भन्सार कार्यालय टिमुरेले मङ्सिरमा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । प्रमुख रामप्रसाद मैनालीका अनुसार मङ्सिरमा कार्यालयले ५४ करोड ७१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले एक अर्ब तीन करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत […]

  • प्रचार-प्रसार नहुँदा नागथली गुमनाम

    ५ मंसिर २०७८, आईतवार १२:११

    सरस्वती न्यौपाने धुन्चे, रसुवाको साबिकको थुमन गाविस-६ हालको गोसाइँकुण्ड गाउँपालिका-१ मा पर्ने रमणीय नागथली धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटनको सम्भावना हुँदाहुँदै पनि सडक पूर्वाधार नहुँदा पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि हुन सकेको छैन । धार्मिक तथा पर्यटकीय महत्वको नागथलीको प्रचार-प्रसार र प्रवद्र्धन हुन नसक्दा जिल्लावासीका लागि समेत गुमनाम भइरहेको छ । तीन हजार एक सय […]

  • शिव प्रसन्न हुने महिना साउन र गोसाइँकुण्ड

    १४ श्रावण २०७८, बिहीबार १३:५६

    सरस्वती न्यौपाने साउनमा विभिन्न धार्मिक अनुष्ठान गरी पूजा र व्रत बस्ने चलन छ । सनातन धर्मावलम्बी (हिन्दू), बौद्ध र प्रकृतिपूजक सबैको साउनसँग गाढा सम्बन्ध जोडिएको छ ।       विभिन्न धार्मिक र सामाजिक प्रथा प्रचलनमा साउन महिनाको महत्व अन्य एघार महिनाको भन्दा पृथक् रहेको छ । चन्द्रमासको गणना पदति र तीन-तीन वर्षमा पर्ने मलमासले […]

  • स्वास्थ्य सामग्री वितरण

    १४ श्रावण २०७८, बिहीबार १२:०९

    धुन्चे, कारोना महामारीको समयमा आमाछोदिङ्मो गाउँपालिकामा रहेको पाँचवटै वडाका घरघरमा साउन ५ गते स्वास्थ्य सुरक्षा सामग्री वितरण भएको छ ।       आमाछोदिङ्मो गाउँपालिका-१ मा बस्ने युवा समाजसेवी सानुबहादुर तामाङको पहलमा च्ष्नजत द्द क्तगमथ ल्भउब िको सहयोगमा आमाछोदिङ्मो गाउँपालिकाको पाँचवटै वडाका प्रत्येक घरधुरीलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । स्वास्थ्य सामग्री दुई हजार दुई […]