तेस्रो आँखा

  • Buddha Eyes

    तेस्रो आँखा

    १५ चैत्र २०८०, बिहीबार १२:१६

    एमाले नुवाकोटका नेता अहिले जिल्ला अधिवेशनको प्रसव पीडामा छटपटाइरहेका छन् । त्याग, बलिदान, निष्ठा, सिनियर र निरन्तरतालाई खोपामा थन्क्याएर तीनजना केन्द्रीय सदस्यको वरीयता अध्यक्ष मैनालीको तजबिजमा हुन थालेपछि खैला–बैला ! पार्टी संगठनलाई बलियो बनाउनभन्दा पनि आफूनिकटलाई नेतृत्व सुम्पिने दाउमा केन्द्रीय सदस्य, वरीयता अवस्थाअनुसार यताउता ! गत स्थानीय निर्वाचनमा तारकेश्वर र विदुरको उपप्रमुख पद भागबन्डामा परेको […]

  • Buddha Eyes

    तेस्रो आँखा

    ८ चैत्र २०८०, बिहीबार १२:०२

    माओवादीमा हन्डर, ठक्कर खाँदै जनयुद्धको बलमा नेतृत्वमा पुगेका भोका नेता सत्तामा पुगेपछि बिग्रिने यो कस्तो विडम्बना ! जनता र देशको मुहार फेर्ने कसम खाएका नै ठूला–ठूला सङ्गठित अपराधमा जोडिन थालेपछि जनतामा मोहभङ्ग । नुवाकोटमा भने कमरेड हितबहादुर पटक–पटक मन्त्री हुने हल्लाले मन्त्री भने नहुने क्रमभङ्ग गर्दै उधारो बधाई र शुभकामनाको ओइरो । तर, यसपटक भने […]

  • Buddha Eyes

    तेस्रो आँखा

    १ चैत्र २०८०, बिहीबार १३:०९

    नेपालमा सत्तागठबन्धन नै सङ्घीय व्यवस्था टिकाउने धरोहर ! नेताको मुडअनुसार देशको व्यवस्था सञ्चालन हुन थालेपछि दल असफल सङ्घीयता डामाडोल ! केन्द्रीय सत्तागठबन्धन परिवर्तनले प्रदेशदेखि स्थानीय सत्ता डगमगाउन थालेपछि नुवाकोटको पालिकामा हल्ली–चल्ली ! अपवित्र गठबन्धनबाट जनताको अभिमत सर–सापट गर्दै गत ०७९ मा स्थानीय सत्तामा पुगेको काङ्ग्रेस र माओवादीका निर्वाचित जनप्रतिनिधि पानी बाराबारको अवस्थामा । उनीहरू नमस्कार […]

  • Buddha Eyes

    तेस्रो आँखा

    २४ फाल्गुन २०८०, बिहीबार १२:०४

    शक्ति र पदबिना बाँच्न नसक्नेमा नेता मात्रै होइन, कार्यकर्ताको लामै पङ्क्ति हाम्रो जिल्लातिर पनि छन् । सङ्घ–संस्थाको नेतृत्वमा पुग्न मरिहत्ते गर्ने र पदमा पुगेपछि आफ्नै दुनो सोझ्याउन शक्ति र सम्बन्धको दुरुपयोग हुँदा जनतामा निराशै–निराशा । जिल्लाकै पुरानो विद्यालय त्रित्रि माविको व्यवस्थापन समिति रिक्त भएपछि केही व्यक्तिको सल्बलाहटले अभिभावक चिन्तामा । रिक्त अध्यक्ष पद प्राप्त गर्न […]

  • Buddha Eyes

    तेस्रो आँखा

    १७ फाल्गुन २०८०, बिहीबार ११:५१

    आर्थिक रूपमा टाट पल्टिने अवस्थामा देशको अर्थमन्त्री बनेका महतलाई जिल्लावासीले झिना, मसिना कार्जेक्रममा अलमल्याउन तँछाड–मछाड गर्दा सचिवालयलाई बिसन्चो ! जिल्लाबाट निम्तो आए पनि जाने–नजाने निर्णय गर्न सचिवालयलाई गोलाप्रथा गर्नुपर्ने अवस्था ! गोरु जुधाउनेदेखि सङ्घ–संस्थाको बैठक र सभामा समेत उपस्थित गराउने कार्जेकर्ताको प्रतिस्पर्धाले गर्दा नुवाकोट महोत्सवको प्रमुख अतिथिको निम्तो गर्ने निर्णय गरेर विशेष अतिथिमा बोलाएपछि महतले […]

  • Buddha Eyes

    तेस्रो आँखा

    १० फाल्गुन २०८०, बिहीबार १२:०८

    नेपाली काँग्रेसको महासमितिको बैठकमा चुनावी गठबन्धन गलाको पासो हुँदा प्रजातन्त्र लोकतन्त्र हुँदै गणतन्त्रमा संघीयता घाँडो ! संघीयताको एउटा खम्बा वागमती सरकारले कार्जेलयको उद्देश्य एउटै नामाकरण भने वर्षेनी परिवर्तन गर्दा सेवाग्राहीलाई त समस्या पर्योपर्यो, ब्यवस्था उल्टाउनेलाई मलजल । संघीयता खारेजको लागि बहश र सडक तात्न थालेपछि प्रदेश सरकार भने राजाकै पालाको कार्यालयको न्वारन गर्दै ! गणतन्त्र […]

  • Buddha Eyes

    तेस्रो आँखा

    ३ फाल्गुन २०८०, बिहीबार ११:४२

    सस्तो लोकप्रियताका लागि हाम्रा नेताको बोली र व्यवहारले कूटनीति स्वाहा ! पदीय मर्यादा र जिम्मेवारी सरकारमा पुगेपछि भुल्दा लोकतन्त्र खतरामा ! गत शुक्रबार प्रधानमन्त्रीले नुवाकोट महोत्सव उद्घाटन गर्दा नुवाकोट दरबार यसपटकको नीति तथा कार्यक्रममा राख्नेभन्दा चीन सरकारले बनाउन टेको लगाएको देख्नेहरू भ्रममा ! चीनले सरकारसँग दरबारलगायतको आठ सम्पदा बनाउने सम्झौता गरे पनि निर्माण सुरु नगरेको […]

  • Buddha Eyes

    तेस्रो आँखा

    २५ माघ २०८०, बिहीबार १५:४०

    ‘जो चोर उसकै ठूलो स्वर’ भनेझैँ विधि, थिति र पद्धतिलाई दलका नेत, सरकारका मन्त्रीदेखि कर्मचारीका उच्च ओहदामा रहेकाले धोती लगाउँदा देश हरिकंगाल ! खेल क्षेत्र अनुशासित, मर्यादित र व्यवस्थित हुन्छ भन्थे, विदुर मेयर कप फुटबलमा आयोजकको दादागिरीले उदङ्गो ! मै खाउँ, मै लाउँ सुख, सयल मै मात्र गरूँ भन्ने प्रवृत्ति हाबी हुँदा आयोजकले जसरी पनि […]

  • Buddha Eyes

    तेस्रो आँखा

    १८ माघ २०८०, बिहीबार १४:१७

    नीतिको मूल नीति राजनीति ! राजनीति गलत बाटोमा हिँड्यो भने नेपालको अहिलेको स्थिति ! अर्थतन्त्र ओरालो लागिरहेको अवस्थामा नुवाकोटका दुई नेताले सङ्घ र प्रदेशको अर्थ मन्त्रालय सम्हाल्ने मौका पाएका छन् । अर्थतन्त्र सुधारमा भन्दा जिल्लाको राजनीतिमै केन्द्रित रहँदा मिसन ८४ को धङधङी ! अन्य जिल्लामा मन्त्री उपस्थितिमा खडेरी लागे पनि नुवाकोटमा भने गोरु जुधाउने कार्यक्रमदेखि […]

  • Buddha Eyes

    तेस्रो आँखा

    ११ माघ २०८०, बिहीबार १२:१९

    आर्थिक मन्दीले थिलथिलो भएका सत्ताधारी काङ्ग्रेसका कार्यकर्ता र नेता काङ्ग्रेसकोे भगिनी संस्था महिला सङ्घले शनिबार गुर्जेभञ्ज्याङ, सूर्यचौरमा गरेको भव्य पिकनिक, सांस्कृतिक मेलामा जाने आँट नै गरेनन् । निमन्त्रणा सँगसँगै अतिथिको रूपमा बोलाइएकालाई क्युआरआतङ्कले खुम्चिन बाध्य बनायो । सरकारी ढुकुटीमा हालिमुहाली गरिरहेका मन्त्री एवम् पार्टीका नेताको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा दुमौडीको कारण दर्शनभेट र नमस्ते […]