स्वास्थ्य

  • त्रिशूली अस्पताललाई पोर्टेबल भेन्टिलेटर

    ४ भाद्र २०७७, बिहीबार १०:०७

    कोलोनी- नुवाकोटको त्रिशूली अस्पताललाई प्रदेश सांसद एवम् बागमती प्रदेशका नेकपाका सचेतक केशव पाण्डेको पहलमा एक थान पोर्टेबल भेन्टिलेटर मेसिन उपलब्ध भएको छ । बागमती प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई भेन्टिलेटर उपलब्ध गराएको हो । गत बुधबार मात्रै चौधरी ग्रुपअन्तर्गतको चौधरी फाउन्डेसनले स्वास्थ्य मन्त्रालयका लागि आठ थान पोर्टेबल भेन्टिलेटर उपलब्ध गराएको थियो । नुवाकोटसहित धादिङ […]

  • भदौमै पिसिआर मेसिन नुवाकोटमा

    ४ भाद्र २०७७, बिहीबार १०:००

    विदुर- विगत तीन महिनादेखि जिल्लामै कोरोना भाइरस परीक्षण गर्ने पिसिआर मेसिन खरिद गर्ने चर्चा चले पनि कहिले आउने हो भन्ने टुङ्गो लागेको थिएन । अब एक महिनापछि जिल्लामा पिसिआर मेसिन भित्रिन लागेको छ । विदुर नगरपालिकाले त्रिशूली अस्पतालमा पिसिआर मेसिन रहने गरी खरिद गर्न बोलपत्र आह्वान गरेको छ । नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधिसभा […]

  • एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन

    ६ असार २०७७, शनिबार ०८:४६

    विदुर, कोरोना भाईरसको संक्रमण नुवाकोट जिल्लामा बढ्न थालेपछि जिल्लामा रहेका सबै एम्बुलेन्सलाई तयारी अबस्थामा राख्न निर्देशन दिएको छ । जिल्लामा सञ्चालित सबै एम्बुलेन्सले अब स्वास्थ्य कार्यालय नुवाकोटलाई नियमित प्रतिवेदन बुझाउनुपर्ने निर्णय भएको छ । गत हप्ता जिल्ला प्रशासन कार्यालय नुवाकोटमा एम्बुलेन्स चालक तथा सञ्चालकको बैठकले नियमित रुपमा एम्बुलेन्सले प्रतिबेदन स्वास्थ्य कार्यालय नुवाकोटलाई बुझाउनुपर्ने निर्णय गरेको […]

  • त्रिशूली अस्पताललाई दरबन्दी र स्वास्थ्य सामाग्री अभाव

    ४ असार २०७७, बिहीबार १९:५२

    विदुर, नुवाकोटमा कोरोना भाईरसको संक्रमित बढ्दै जाँदा कोरोना संक्रमितको उपचार गर्ने त्रिशूली अस्पतालमा स्वीकृत दरबन्दी र स्वास्थ्य सामाग्री तथा आवश्यक औषधीको अभाव रहेको छ । जिल्लामा बुधबारसम्म कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ । कोरोना संक्रमित ३ जना त्रिशूली अस्पतालमा उपचारपछि मंगलबार घर फर्किएका छन् । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको स्वास्थ्य […]

  • क्वारेन्टीनको सुरक्षाको जिम्मा शिक्षकलाई

    २९ जेष्ठ २०७७, बिहीबार १८:१४

      –  प्रमिला सुनार विदुर, नुवाकोटका सामुदायिक विद्यालयमा क्वारेन्टीन बनाइएसँगै त्यहाँ बस्ने ब्यक्ति कुर्न सामुदायिक विद्यायलको शिक्षकलाई खटाउने तयारी भईरहेको छ । नुवाकोटको कोरोना रोग नियन्त्रण सम्बन्धि ‘क्राइसेस म्यानेजमेन्ट सेन्टर’ (सि.एम.सी) को बैठकले क्वारेन्टीन कुर्नको लागि सामुदायिक विद्यालयका शिक्षकलाई स्वंयसेवकको रुपमा खटाउनको लागि सम्बन्धित स्थानीयतहलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी […]

  • पोषण सम्बन्धी लःव नसा

    २४ जेष्ठ २०७७, शनिबार १२:१३

    विदुर, नेपाल भाषामा प्रकाशित लःव नसा पुस्तक नेपालीले खाने खानामा के कस्तो पोषणको अवस्था रहेको छ भनेर जानकारी लिन गतिलो स्रोत रहेको छ । १६ वर्ष अगााडी पुस्तक प्रकाशित गर्नु भएका ईश्वरमान प्रधानको दुई महिना अगाडी निधन भएको थियो । पुस्तकको बारेमा गत महिना उहाँको परिवारले सार्वजनिक गरेपछि पुस्तकको बारेमा चर्चा भएको हो । हे […]

  • त्रिशूली अस्पताललाई दुई लाख सहयोग

    ११ बैशाख २०७७, बिहीबार ११:२७

    समुन्द्रटार, दुप्चेश्वर गाउँपालिकाले त्रिशूली अस्पताल, नुवाकोटलाई दुई लाख रुपैयाँ नगद सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले विपद् ब्यवस्थापनका लागि जिल्ला अस्पतालका मेडिकल सुपेरिण्टेण्डेन्ट डा.रेमकुमार राईलाई गत हप्ता चेक हस्तान्तरण गर्नुभएको हो । कोरोना भाईरसको संक्रमण विरुद्ध लड्न अस्पताललाई आईसोलेसन कक्ष निर्माण तथा आवश्यक सामग्री खरिदको लागि सो रकम सहयोग गरेको अध्यक्ष तामाङले त्रिशूली […]

  • पूर्वाधार निर्माणको लापरवाहीले जनस्वास्थ्यमा असर

    ११ बैशाख २०७७, बिहीबार ११:१५

    विदुर, सामान्यतया योजना तथा पूर्वाधार बिस्तारसँगै स्थानीयको दैनिकी र जीवनयापन सहज हुने गर्दछ । तर नुवाकोट जिल्लामा निर्माणाधीन सडक आयोजनाका कारण पर्यावरण र जनस्वास्थ्य गम्भीर असर परिरहेको छ । योजना र पूर्वाधार निर्माणको क्रममा निस्कने बिकार तथा धुलोमैलो र छारो नियन्त्रणमा सावधानी नअपनाउँदा नुवाकोटमा पर्यावरण र जनस्वास्थ्यमा गम्भीर असर पुगेको छ । दिर्घकालिन हित र […]

  • क्वारेन्टाईनका लागि भ्यू टावर रिसोर्ट

    ११ चैत्र २०७६, मंगलवार ०९:४६

    विदुर, नुवाकोटको एक होटल रिसोर्टले कोरोना भाईरस (कोभिड–१९) को क्वारेन्टाईनका लागि ब्यवसायिक स्थल सरकारका लागि उपलब्ध गराउने घोषणा गरेको छ । सरकारलाई आवश्यक परे विदुर नगरपालिका वडा नं.–२ नुवाकोटमा रहेको नुवाकोट भ्यू टावर रिसोर्टले आफ्नो सुविधा सम्पन्न होटल, रुम र कम्पाउड क्वारेन्टाईनका लागि उपलब्ध गराउने घोषणा गरेको हो । रिसोर्टका सञ्चालक कुमार थपलिया ‘बद्री’का अनुसार […]

  • पचहत्तर लाखको आकस्मिक कोष स्थापना स्वास्थ्यकर्मीलाई विदा र काज नदिने

    ११ चैत्र २०७६, मंगलवार ०९:३९

    धुन्चे, रसुवा जिल्लामा कोभिड–१९ अर्थात् कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि ७२ घण्टामा २ सय १० शैयाको मानव आश्रय कक्ष निर्माण गरिने भएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय रसुवामा विपद् ब्यवस्थापन समितिको बैठक बसी २ सय १० शैयाको मानव आश्रय कक्ष बनाउने निर्णय भएको हो । विपद् ब्यवस्थापन समितिले जिल्लालाई कोरोना भाईरसमुक्त बनाउन ३५ […]