धादिङ

  • धुनीबेँसीमा गैरआवासीय नेपाली सङ्घका एम्बुलेन्स

    ९ भाद्र २०७९, बिहीबार ११:११

    राजेन्द्र बस्नेत खानीखोला, गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष एवम् सिन्तोसिन रोटरी क्लब अफ टोकियाका रोटरियन भवन भट्टले धुनीबेँसी नगरपालिकालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेका छन् । जापानमा एक सय २० वटा भन्दा बढी नेपाली समाज रहेका छन् । त्यसमध्येको धादिङ समाज जापानको पहलमा धुनीबेँसी नगरपालिकालाई ‘ख’ वर्गको एम्बुलेन्स प्राप्त भएको छ । धादिङ समाज जापानका अध्यक्ष […]

  • तामाका गाग्री–खड्कुँलाको माग घट्दो

    २ भाद्र २०७९, बिहीबार १६:०२

    राजेन्द्र बस्नेत धादिङबेँसी, पछिल्लो समय स्टिल, सिल्भर र प्लास्टिकका सामानको प्रयोग बढेकाले तामाका भाँडावर्तनको माग घट्दै गएको छ । पहिला गाउँघरमा तामाका ग्रागी-खड्कुँला हुनेलाई समाजमा सम्पन्नतासँग जोडेर हेरिन्थ्यो । मानिस हरेक वर्षजसो तामाका ग्रागी-खड्कुँला, घ्याम्पो किन्ने गर्थे । पछिल्लो समय भो-भतेरमा पनि तामाका भाँडावर्तन देखिँदैनन् । देखिन्छन् त सिल्भरका डेक्ची, बाटा, बाल्टी, स्टिलका जग, थाल […]

  • डायलाइसिस सेवा अब धादिङ अस्पतालमा

    २६ श्रावण २०७९, बिहीबार १३:५५

    राजेन्द्र बस्नेत धादिङ, बागमती प्रदेश सरकारको सहयोगमा धादिङबेँसीस्थित धादिङ अस्पतालमा डायलाइसिस सेवा सुरु गरिएको छ । शनिबार एक समारोहबीच बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले डायलाइसिस सेवाको उद्घाटन गरेका हुन् । अस्पतालमा डायलाइसिस सेवा सुरु गर्न जति जटिल थियो उत्तिकै सेवालाई गुणस्तर बनाउन जटिल छ । अस्पतालमा सुरु गरिएको डायलाइसिस सेवा गुणस्तरीय र भरपर्दाे बनाउन […]

  • कर कार्यालयले शुल्क र जरिवानाबाट राजस्व सङ्कलन गर्ने सोच राख्दैन

    ५ श्रावण २०७९, बिहीबार १३:३३

    प्रेमकुमार श्रेष्ठ,निमित्त प्रमुखकरदाता सेवा कार्यालय गल्छी कर कार्यालयसँग डर होइन, मित्रवत् सम्बन्ध कायम गर्नुपर्छ भन्ने प्रेमकुमार श्रेष्ठ हाल करदाता सेवा कार्यालय गल्छीका निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । करदाता सेवा कार्यालय गल्छीको कार्यक्षेत्र नुवाकोट र धादिङ रहेको छ । तनहुँको व्यास नगरपालिका-६ मा जन्मेका श्रेष्ठले गणित विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । स्वेच्छिक कर […]

  • रेडियोले कहिले हँसाउँछ कहिले रुवाउँछ : तामाङ

    ५ श्रावण २०७९, बिहीबार १३:०५

    राजेन्द्र बस्नेत धादिङ (गुर्धुम), बिहान गोरु चराएर, खाना खाएर, जङ्गलमा घाँस काट्न गएँ र घाँस ल्याएँ । अहिले घाँस बिसाएर थकाइ मेटाउँदै छु । रेडियोले कहिले हँसाएर थकाइ बिर्साइदिन्छ । कहिले थकाइ मेटाउनुको साटो रुवाइदिन्छ । म रेडियो बन्द गर्नेबित्तिकै निदाइहाल्छु । ननिदाएको बेलामा सधैँ रेडियो सुन्छु । मेलापात, वनजङ्गल, आफन्ती भेट्न जाँदा पनि रेडियो […]

  • चेपाङ किशोरी छात्रावास भवन हस्तान्तरण

    ३० असार २०७९, बिहीबार १४:३४

    राजेन्द्र बस्नेत गजुरी, धादिङ जिल्लाको गजुरी गाउँपालिका-१ हाँगेटारमा प्लानेट इन्फान्ट एन्ड डेभलपमेन्ट संस्थाको आर्थिक तथा प्राविधिक सहयोग र गजुरी गाउँपालिकाको आर्थिक साझेदारीमा प्रयास नेपालको सामाजिक परिचालनमा निर्माण गरिएको भवन हस्तान्तरण भएको छ । गाउँपालिकालाई शनिबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले चेपाङ किशोरी छात्रावास भवनको उद्घाटन गरेपश्चात् गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् […]

  • धादिङमा अघोषित लोडसेडिङ

    २३ असार २०७९, बिहीबार १५:२७

    धादिङवेंशी, सरकारले भारतलाई अर्बौंको विद्युत् बिक्री गरेको समाचार बाहिर आईरहेको भएपनि धादिङ जिल्लाबासीले भने अघोषित लोडसेडिङ बेहोरीरहेका छन् । जिल्लाका अधिकांश स्थानमा अहिले विद्युत्मा नियमितता छैन । छिनमै बिजुली बल्छ छिनमै काटिन्छ । दिनको आधा समय त उपभोक्ताले बिजुली प्रयोग गर्नै पाउँदैनन् । अनियमित तरिकाले बिजुली काटिंदा सदरमुकाम र आसपासका ब्यवसायी बढी मारमा परेका छन् […]

  • धादिङ अस्पतालमा अक्सिजन उत्पादन बन्द

    २३ असार २०७९, बिहीबार १२:४०

    धादिङवेंशी, धादिङ जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन शुरु भएको केही दिनमै बन्द भएको छ । असार ३ गतेदेखि उत्पादन शुरु गरिएको अक्सिजन प्लान्टमा प्राविधिक समस्या आएपछि बन्द भएको छ । अक्सिजन प्लान्टमा सफ्टवेयरको समस्या आएकाले बन्द भएको अस्पतालका सूचना अधिकारी बिक्रम विकले जानकारी दिनुभयो । उहाँका अनुसार दुईवटा अक्सिजन प्लान्टमध्ये १५ एम.एन […]

  • बागमती प्रदेशको सबै पालिकामा बैंक

    १७ असार २०७९, शुक्रबार १३:०५

    रुबिभ्याली, धादिङ जिल्लाको भौगोलिक हिसाबले विकट उत्तरी क्षेत्रमा पर्ने रुबिभ्याली गाउँपालिकामा बैंक पुगेको छ । बंैक अफ काठमाण्डूले आइतबारदेखि रुबिभ्यालीको वडा नं.३ सेर्तुङ गाउँमा बैंकको शाखा विस्तार गरेसँगै धादिङको १३ वटै स्थानीय तहमा बैंक पुगेको छ ।गाउँपालिका अध्यक्ष रामसिंह तामाङको खाता खोलेर बैंकको सेवा सुरु भएका थिए । यससँगै बागमती प्रदेशको सबै स्थानीय तहमा बैंकका शाखा […]

  • धादिङमा गे्रनाइटको खोजतलास

    १७ असार २०७९, शुक्रबार १२:३९

    राजेन्द्र बस्नेत गजुरी, धादिङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने गजुरी गाउँपालिका ७ र ८ को किराञ्चोकमा अहिले ग्रेनाइटको चर्चा बढेको छ । गजुरीको वडा नम्बर ७ र ८ को सीमावर्ती क्षेत्रमा रहेको हलो झुन्डेको पहरो अर्थात् सातपत्रेको वन आसपास एकजना भूगर्भविद् र अर्का एकजना सर्भे–इन्जिनियर बिहानदेखि बेलुकासम्म गे्रनाइटको सम्भाव्यता अध्ययनमा दिनरात नभनी तल्लीन छन् । महाभारत […]