नुवाकोट

  • Buddha Eyes

    तेस्रो आँखा

    २ पुष २०७७, बिहीबार १५:०४

    देशलाई लोकतन्त्र अफाप भएको हो कि जनतालाई अधिकार धेरै भएको हो । बौद्धिक बुज्रुक तेस्रो आँखालाई जान्न बुझ्न कठिन भइरहेको छ । बहुमतको सरकार नटिक्ने हाम्रो देशमा अहिले नौटङ्की मञ्चन भइरहेको छ । हिजो एउटा मात्र सरकार हुने यो देशमा अहिले तीन तहको सरकार ! सरकारको विरुद्ध आगो ओकल्न प्रमुख प्रतिपक्ष दल काङ्ग्रेसले सोमबार देशभर […]

  • Logo of trishuli prawaha

    शुभप्रभात सहकारीको सेयरपुँजी एक करोड ६७ लाख ९७ हजार

    २ पुष २०७७, बिहीबार १५:०३

    विदुर, शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लि. विदुर नगरपालिका-२ इन्द्रचोक नुवाकोटको १३औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । दुई हजार पाँच सय सेयरपुँजीबाट ०५४ सालमा स्थापना भएको सहकारीको १३औँ वार्षिक साधारणसभासम्म आइपुग्दा एक करोड ६७ लाख ९७ हजार ६ सय सेयरपुँजी रहेको छ । सहकारीमा सात सय ६९ महिला र एक हजार दुई […]

  • नुवाकोट महोत्सवको हिसाब सार्वजनिक

    २ पुष २०७७, बिहीबार १५:०१

    विदुर, गत वर्षको माघमा गरिएको ‘छैटौँँ नुवाकोट महोत्सव’को आय-व्यय नुवाकोट उद्योग वाणिज्य सङ्घले सार्वजनिक गरेको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा ०७६ माघ १६ गतेदेखि २६ गतेसम्म बट्टारमा भएको महोत्सवमा ६ लाख रुपैयाँ घाटा भएको छ ।       महोत्सव सञ्चालनका लागि सहयोगको प्रतिबद्धताअनुसार स्थानीय तहबाट आर्थिक सहयोग केही नपाएको र विदुर नगरपालिकाले […]

  • सरकारविरुद्ध काङ्ग्रेसको विरोध प्रदर्शन

    २ पुष २०७७, बिहीबार १४:५७

    बट्टार,  नेकपा नेतृत्वमा रहेको केन्द्रीय सरकारको बेथितिलगायतको विरोधमा प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले मंगलबार नुवाकोटसहित देशभर नै शक्ति प्रदर्शन गरेको छ ।       नेकपा सरकार बनेपछि काङ्ग्रेस नेतृत्वमा नुवाकोटमा ठूलो जनसभा मंगलबार भएको छ । बट्टारमा भएको काङ्ग्रेसको विरोध सभामा दुई हजारभन्दा बढी नेता, कार्यकर्ता र शुभेच्छुकको सहभागिता रहेको थियो । अन्य जिल्लामा पनि […]

  • अजिङ्गरे-रानीस्वाँरा पक्की पुलको ठेक्का : त्रिशूलीमा ढुङ्गा बिछ्याउने कार्य सम्पन्न

    २ पुष २०७७, बिहीबार १४:५४

    विदुर,  विदुर नगरपालिका-१२ को सामरीखोलामा अजिङ्गरे-रानीस्वाँरा जोड्ने पक्की पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ ।       प्रदेश सरकारको सहयोगमा विदुर नगरपालिकाले तयार गरेको डिपिआरअनुसार प्रदेश सरकार पूर्वाधार कार्यालय नुवाकोटले उक्त पुल निर्माणका लागि ठेक्का गरी सम्झौतासमेत गरिसकेको छ । गत वर्ष नै नगरपालिकाले डिपिआर तयार गरेर पुल निर्माणका लागि प्रदेश सरकारसँग अनुरोध गरेको […]

  • Logo of trishuli prawaha

    नुवाकोटमा राजसंस्था पुनस्र्थापनाको माग

    २ पुष २०७७, बिहीबार १४:२५

    बट्टार, देशभर राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापनाको माग गर्दै जुलुस र सभा भइरहेका छन् । सोमबार नुवाकोटमा पनि राप्रपाको नेतृत्वमा ‘राष्ट्रवादी संयुक्त सङ्घर्ष समिति’ को आयोजनामा विरोध प्रदर्शन र कोणसभा भएको छ ।      सङ्घर्ष समितिका संयोजकसमेत रहेका राप्रपा नुवाकोटका अध्यक्ष कुलबहादुर खड्गीका अनुसार नागरिक समाज तथा समुदायस्तरबाट उठेको मागको सम्बोधन गर्न राजसंस्था पुनस्र्थापना गर्न […]

  • Logo of trishuli prawaha

    नुवाकोट सरोकार समाजको समन्वय समिति गठन

    २५ मंसिर २०७७, बिहीबार १४:३९

    विदूर, नुवाकोट सरोकार समाजको विदुर नगर समन्वय समिति गठन भएको छ । नुवाकोटका पूराना वामपन्थी नेता एवं बुद्धिजीवी शिव मिश्रको अध्यक्षतामा भएको भेलाले शिक्षाविद् रामहरी रिमाल संयोजक र युवा सहकारीकर्मी एवं सामाजिक अभियन्ता रमेश श्रेष्ठ सचिव रहेको १९ सदस्यीय विदुर समन्वय समिति र शिव मिश्र, बिनोद श्रेष्ठ, कृष्णदाश श्रेष्ठसहितको ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको […]

  • Logo of trishuli prawaha

    एकिकृत बस्तीको शिलान्यास

    २५ मंसिर २०७७, बिहीबार १४:३६

    विदुर, विदुर नगरपालिका वडा नम्बर-२ मा भारतीय राजदुताबासको सहयोगमा युनोप्स् परियोजनामार्फत भुमिहिन १४ परिवारको लागि एकिकृत बस्तीको शिलान्यास भएको छ ।      जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले एकिकृत आबासको शिलान्यास गर्दै जिल्लाभित्र रहेका सबै भुमिहिनलाई सम्बोधन गर्दै जाने बताउनु भयो । विदुर नगरपालिका वडा नम्बर-१, २ र ९ का १४ परिवार भुमिहिनको […]

  • Logo of trishuli prawaha

    जिल्ला प्रशासनमा हुलाक टिकट

    २५ मंसिर २०७७, बिहीबार १४:३५

    विदुर, सेवाग्राहीले अब जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउनुपर्ने निवेदनमा हुलाक टिकट अन्यत्र किन्न जानुपर्ने झन्झट हटेको छ ।       सेवाग्राहीको सुविधा र हितका लागि प्रशासन कार्यालयबाट जिल्ला प्रशासन सुधार वार्षिक कार्ययोजना तर्जुमा गरी निरन्तर रुपमा सुधार कार्य अगाडी बढाउँदै गत बुधबारदेखि प्रशासन कार्यालयमै रहेको हुलाक टिकट काउन्टरबाट किन्न पाउने सुविधा थप गरिएको प्रमुख […]

  • Logo of trishuli prawaha

    पूर्वाधार विकास कार्यक्रम अन्र्तगत ४ करोडको २९ योजना छनोट

    २५ मंसिर २०७७, बिहीबार १४:३४

    विदुर, नुवाकोट क्षेत्र नं.२ को लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत २९ वटा योजना छनोटमा परेका छन् । प्रतिनिधीसभा सदस्य नारायणप्रसाद खतिवडाको संयोजकत्वमा गत हप्ता सम्पन्न बैठकले सानाठूला गरी २९ वटा योजना छनोट गरेको छ । नेपाल सरकारले संघीय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रभित्र योजना सञ्चालन गर्नका लागि ४ करोड बजेट ब्यवस्थापन गरेको छ । […]