नुवाकोट

  • भ्रष्टाचारीलाई सम्मान कहिलेसम्म ?

    १५ भाद्र २०८०, शुक्रबार ११:५२

    नेपालमा भ्रष्टाचार नयाँ रोग होइन । भ्रष्टाचार धेरथोर सबैले सबै क्षेत्रमा गच्छेअनुसारको गरिरहेका छन् । कसैले भ्रष्टाचार गर्नेलाई सहयोग पु¥याइरहेका छन् भने कसैले आफैँ गरिरहेका छन् । पारदर्शी शासन व्यवस्था र जनता सचेत तथा सञ्चारमाध्यमको विकासका कारण भ्रष्टाचारबारे यति धेरै चर्चा र चासो अहिले भइरहेको छ । तैपनि भ्रष्टाचार संस्थागत हुँदै बढ्दै छ । विगतमा […]

  • Buddha Eyes

    तेस्रो आँखा

    १५ भाद्र २०८०, शुक्रबार ११:५०

    केन्द्रमा बस्नेले शक्ति र पहुँचको आडमा देश लुछिरहेको बेला विदुर नगरपालिकाभित्र त्यस्तै अख्तियार दुरुपयोगको काण्डको हल्ली-चल्ली ! जिल्लामा कार्यालय प्रमुखदेखि अस्पतालका डाक्टरसम्म मैले ल्याएँ भन्दै सामाजिक सञ्जालमा रोइलो गर्नेकै आशीर्वादले शिक्षकको दरबन्दी एकातिर काजमा अर्कोतिर खटिँदा विद्यालयको पढाइ त नमुना नै हुने भयो । विद्यालय नमुना र विद्यार्थीको पढाइ खस्किने चिन्ताले मेयर-उपमेयर खासखुस ! राजनीति […]

  • मेरो माइक्रो फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा दाहाल

    १५ भाद्र २०८०, शुक्रबार ११:४८

    बट्टार, नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रामहरि दाहाल पुनः नियुक्त भएका छन् । कम्पनीको भदौ ७ गते बिहीबार बसेको १४४औँ सञ्चालक समितिको बैठकले हालका प्रमुख कार्यकारी अधिकृत दाहाललाई असोज १ गतेबाट लागू हुने गरी आगामी चार वर्षको कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय […]

  • तुप्चे साना किसान सहकारीको साधारणसभा सम्पन्न

    १५ भाद्र २०८०, शुक्रबार ११:३१

    तुप्चे, नुवाकोटको विदुर नगरपालिका-७ साबिक तुप्चे गाविसमा सञ्चालनमा रहेको तुप्चे साना किसान कृषि सहकारी संस्थाको प्रारम्भिक साधारणसभा भदौ ९ गते शनिबार सम्पन्न भएको छ । सहकारीको तदर्थ समितिकी अध्यक्ष ज्ञानुमाया ढकाल थापाको सभापतित्वमा सम्पन्न साधारणसभाको उद्घाटन विदुर नगरपालिका-७ का अध्यक्ष रवीन्द्र नेपालले गरेका थिए । सो कार्यक्रमका विशेष अतिथि साना किसान कृषि सहकारी महासङ्घका केन्द्रीय […]

  • बट्टारमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा

    १५ भाद्र २०८०, शुक्रबार ११:०८

    सज्जन उत्सुक सापकोटा बट्टार, विद्युतीय सवारीसाधनको उपभोग बढाउन सरकारले भन्सार शुल्कदेखि विद्युत् शुल्कमा समेत छुट दिइरहेको छ । सरकारले दिएको छुटको उपभोग गर्दै अहिले विद्युतीय सवारीसाधनको खरिद गर्नेको सङ्ख्या बढिरहेको छ । विद्युतीय सवारीसाधन प्रयोग गर्नेको सङ्ख्या नुवाकोटमा पनि अहिले बढेको छ भने काठमाडौंलगायत अन्य जिल्लाबाट विद्युतीय सवारीसाधन लिएर घुम्न आउनेको सङ्ख्यामा पनि बढोत्तरी भइरहेको […]

  • वन कार्यालयपरिसरमै लाखौँ मूल्यका काठ र ट्रक कुहिँदै

    १५ भाद्र २०८०, शुक्रबार ११:०३

    विदुर, वन पैदावारसम्बन्धी कसुर तथा मुद्दामा कानुनी उल्झनका कारण समयमै न्यायिक निरुपण तथा छिनोफानो नहुँदा नुवाकोटमा लाखौँ मूल्यका सालका काठ र काठ ढुवानी गर्ने साधन कुहिएर कवाडी भइरहेका छन् । समयमै न्यायिक निरुपण नहुँदा लाखौँ मूल्यका काठ र काठ बोक्न प्रयोग भएका सवारीसाधन वन कार्यालय नुवाकोटको कम्पाउन्डमा कुहिएर नष्ट भइरहेको छ । बरामद काठ र […]

  • रक्तदान सम्पन्न

    १५ भाद्र २०८०, शुक्रबार १०:५८

    त्रिशूलीबजार, टिमुरे यातायात प्रा.लि. नुवाकोटको आयोजनामा त्रिभुवन त्रिशूली बहुमुखी कलेजको परिसरभित्र शनिबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत टिमुरे यातायात प्रा.लि.ले आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जना रक्तदाताले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम Blood on request in Nuwakot ले समन्वय तथा रक्त सञ्चार केन्द्र कोलनी नुवाकोटको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो […]

  • क्षेत्रपालका विद्यार्थीको फुड फेस्टिभल

    ७ भाद्र २०८०, बिहीबार १२:३७

    चौघडा, नुवाकोटको लिखु गाउँपालिका–४ मा रहेको जिल्लाकै पुरानो विद्यालयमध्येको क्षेत्रपाल माध्यमिक विद्यालयका विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत स्थानीय उत्पादनमा आधारित खाना महोत्सव (फुड फेस्टिभल) शुक्रबार विद्यालयपरिसरमा गरेका छन् । नेपाल सरकारबाट नमुना विद्यालयको रूपमा वर्गीकृत रहेको क्षेत्रपालमा अध्ययनरत कक्षा १० का विद्यार्थीले आफ्नै मिहिनेतमा स्थानीय क्षेत्रमा मात्र उत्पादन अन्नका विभिन्न परिकार बनाएर फुड फेस्टिभल मनाएका छन् । […]

  • विदुरमा ‘जहाँ व्यवसाय त्यहाँ दर्ता’ कार्यक्रम सुरु

    ७ भाद्र २०८०, बिहीबार १२:२२

    त्रिशूली, नुवाकोटको विदुर नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार ‘जहाँ व्यवसाय त्यहाँ दर्ता’ कार्यक्रम सञ्चालन गरेको छ । आइतबार नगरपालिकाका मेयर राजन श्रेष्ठले विदुर नगरपालिका–७ तुप्चे सोलेबाट कार्यक्रमको सुरुवात गरेका हुन् । मेयर श्रेष्ठले सोलेको सूर्य दाइको किराना पसलका सञ्चालक कल्पना मोक्तानलाई व्यवसाय दर्ताको प्रमाणपत्र वितरण गरेर ‘जहाँ व्यवसाय त्यहाँ दर्ता’ […]

  • सहयोगी सहकारीले स्थापना दिवस मनायो

    ७ भाद्र २०८०, बिहीबार ११:५३

    डिहीबजार, नुवाकोटको विदुर नगरपालिका र म्यागङ गाउँपालिका कार्यक्षेत्र रहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाले कारोबार सुरुवात गरेको १६ वर्ष पूरा भएको छ । सहकारीले कारोबार सुरु गरेको ०६४ भदौ २ गतेलाई स्थापना दिवसको रूपमा मनाउँदै आएको छ । यस वर्ष पनि शनिबार सहकारीले केक काटेर स्थापना दिवस मनाएर सहकारीको गतिविधि सार्वजनिक गरेको छ । सहकारीमा स्थापनादेखि […]