समाचार

  • यो वर्षको जनैपूर्णिमामा गोसाइँकुण्डमा १५ हजार र पार्वतीकुण्डमा पाँच हजार तीर्थयात्रु पुगे

    २१ भाद्र २०८०, बिहीबार १४:१२

    सरस्वती न्यौपाने धुन्चे, रसुवाको प्रमुख धार्मिक तीर्थस्थलमध्येको गोसाइँकुण्ड र पार्वतीकुण्डमा यस वर्षको जनैपूर्णिमाको मेलामा २० हजारभन्दा बढी तीर्थयात्री पुगेको अनुमान गरिएको छ । कोरोनाको कारणले विगत तीन वर्ष गोसाइँकुण्ड र पार्वतीकुण्डमा जाने तीर्थयात्रीको सङ्ख्या न्यून रहेको थियो । यस वर्ष अनुकूल मौसम रहेको र कोरोना महामारीको असर नरहेको कारण स्थानीयले सोचेभन्दा बढी तीर्थयात्री जनैपूर्णिमाको मेला […]

  • ४०९ नयाँ उद्योग र वाणिज्य फर्म दर्ता ८७ करोड दर्ता पुँजी थपियो

    २१ भाद्र २०८०, बिहीबार १३:५१

    धादिङबेँसी, बागमती प्रदेश सरकारमातहत रहेको घरेलु तथा साना उद्योग कार्यालय धादिङमा आर्थिक वर्ष ०७९/८० मा उद्योगतर्फ दुई सय ४६ र वाणिज्यतर्फ एक सयवटा फर्म नयाँ दर्ता भएका छन् । दर्ता भएका उद्योग र वाणिज्यका फर्मले ८७ करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । थपिएका उद्योगले ५० करोड २० लाख र वाणिज्य फर्मले ३७ करोड दर्ता […]

  • सीप विकास तालिम लिएका ४७ प्रतिशत रोजगार

    २१ भाद्र २०८०, बिहीबार १२:३७

    राजेन्द्र बस्नेत गजुरी (धादिङबेँसी), बागमती प्रदेशस्तरीय व्यावसायिक तथा सीप विकास केन्द्र गजुरी स्थापना भएको १४ वर्षमा करिब १० हजारजनालाई विभिन्न विषयका रोजगारमूलक तालिम दिएको छ । केन्द्रले प्रदान गरेको विभिन्न ३५ विधामा तालिम हासिल गर्नेमा ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुष रहेका छन् । तालिम हासिल गरेकामध्ये ४७ प्रतिशत रोजगार तथा उद्यममा सक्रिय रहेको […]

  • वाणिज्य सङ्घको कार्यसमितिले पूर्णता पायो

    २१ भाद्र २०८०, बिहीबार १२:३४

    विदुर, नुवाकोटका उद्योगी-व्यवसायीको प्रतिनिधिमूलक संस्था नुवाकोट उद्योग वाणिज्य सङ्घको कार्यसमितिले चार महिनापछि पूर्णता पाएको छ । गत ०८० वैशाख ८ गते सम्पन्न सङ्घको ११औँ अधिवेशन तथा १८औँ वार्षिक साधारणसभा राजेन्द्र श्रेष्ठको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको थियो । उक्त कार्यसमितिले विधानअनुसार मनोनीत गर्नुपर्ने पाँच सदस्यलाई दुईपटकको कार्यसमिति बैठकले पूर्णता दिएको छ । सङ्घको […]

  • सुन तस्करीको सञ्जाल रसुवागढी नाकामा विस्तार

    २१ भाद्र २०८०, बिहीबार १२:३२

    धुन्चे, नेपालको चीनसँगको व्यावसायिक कारोबार भइरहेकोे रसुवागढी नाका सञ्चालनमा आएसँगै अवैध कारोबार धन्दासमेत मौलाइरहेको पुष्टि भएको छ । रसुवागढी नाकाबाट पछिल्लो समय सुन तस्करी गर्ने गिरोहका लागि सुगममार्ग बनेको छ । भदौको दुई हप्तामा मात्र यो नाकाबाट भन्सार छली गरेर ल्याएको तीन केजी सुन बरामद भएको छ । भन्सार छली गरेर ल्याएको सुन बरामद भएसँगै […]

  • गोसाइँकुण्डको भेटी ३,२८,०५१

    २१ भाद्र २०८०, बिहीबार १२:२८

    सरस्वती न्यौपाने धुन्चे, रसुवाको प्रमुख पर्यटकीय धार्मिकस्थल गोसाइँकुण्डमा तीर्थयात्रुले यस वर्षको जनैपूर्णिमाको अवधिमा सुरु भएको मेलामा चढाएको भेटीको गणना सम्पन्न भएको छ । मेलामा पुगेका तीर्थयात्रीले चढाएको भेटी तीन लाख २८ हजार ५१ रुपैयाँ रहेको छ । भदौ ७ गतेदेखि १४ गतेसम्म यस वर्षको जनैपूर्णिमा मेलाको अवसरमा देशभरबाट आएका तीर्थालुले चढाएको भेटी सङ्कलन गर्दा तीन […]

  • रेडक्रसको निःशुल्क रगत अभियानलाई एक करोडको कोष स्थापना

    २१ भाद्र २०८०, बिहीबार १२:१६

    विदुर, नेपाल रेडक्रस सोसाइटीको ५१औँ स्थापना दिवसको अवसरमा नुवाकोट रेडक्रस सोसाइटी जिल्ला शाखाले मंगलबार रसुवा र नुवाकोटवासीलाई निःशुल्क रगत उपलब्ध गराउन एक करोड रुपैयाँको कोष स्थापना गर्ने घोषणा गरेको छ । रेडक्रस दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला शाखाबाट सञ्चालित रक्त सञ्चार सेवा केन्द्रको दिगो सञ्चालन तथा व्यवस्थापनका साथै निःशुल्क रगत उपलब्ध गराउन एक करोड रुपैयाँको […]

  • सत्ताका डोलेहरूले एमालेका विरुद्ध स्टन्टबाजी नगरे हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

    २१ भाद्र २०८०, बिहीबार १२:१२

    बट्टार, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ताको डोली डुलाउनेहरूले एमालेका विरुद्ध कुनै पनि स्टन्टबाजी नगरे हुन्छ भनेका छन् । सरकारले भ्रष्टाचारका काण्डको छानबिन र कारबाही गर्नेभन्दा पनि भ्रष्टाचारमा संलग्नलाई उन्मुक्ति दिने काम गरिरहेको उनले बताए । झापाको गिरीबन्धु टी-स्टेटलगायत गोकर्ण फरेस्ट रिसोर्टलगायत एमाले सरकारको पालामा भएका नीतिगत निर्णयलाई छानबिन गर्न उनले चुनौती दिए । […]

  • भ्रष्टाचारीलाई सम्मान कहिलेसम्म ?

    १५ भाद्र २०८०, शुक्रबार ११:५२

    नेपालमा भ्रष्टाचार नयाँ रोग होइन । भ्रष्टाचार धेरथोर सबैले सबै क्षेत्रमा गच्छेअनुसारको गरिरहेका छन् । कसैले भ्रष्टाचार गर्नेलाई सहयोग पु¥याइरहेका छन् भने कसैले आफैँ गरिरहेका छन् । पारदर्शी शासन व्यवस्था र जनता सचेत तथा सञ्चारमाध्यमको विकासका कारण भ्रष्टाचारबारे यति धेरै चर्चा र चासो अहिले भइरहेको छ । तैपनि भ्रष्टाचार संस्थागत हुँदै बढ्दै छ । विगतमा […]

  • Buddha Eyes

    तेस्रो आँखा

    १५ भाद्र २०८०, शुक्रबार ११:५०

    केन्द्रमा बस्नेले शक्ति र पहुँचको आडमा देश लुछिरहेको बेला विदुर नगरपालिकाभित्र त्यस्तै अख्तियार दुरुपयोगको काण्डको हल्ली-चल्ली ! जिल्लामा कार्यालय प्रमुखदेखि अस्पतालका डाक्टरसम्म मैले ल्याएँ भन्दै सामाजिक सञ्जालमा रोइलो गर्नेकै आशीर्वादले शिक्षकको दरबन्दी एकातिर काजमा अर्कोतिर खटिँदा विद्यालयको पढाइ त नमुना नै हुने भयो । विद्यालय नमुना र विद्यार्थीको पढाइ खस्किने चिन्ताले मेयर-उपमेयर खासखुस ! राजनीति […]