समाचार

  • सानिमा बैंकका ग्राहकलाई स्टार अस्पतालमा छुट

    २४ जेष्ठ २०८१, बिहीबार ११:५८

    विदुर, सानिमा बैंक लिमिटेड विदुर शाखाले स्टार नुवाकोट अस्पताल प्रा.लि.सँग सम्झौता गरेर बैंकका ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा अस्पतालबाट विशेष छुट पाउने भएका छन् । बैंकको विदुर शाखाका प्रबन्धक प्रेमबहादुर पौडेल र अस्पतालका प्रबन्धक नवीन जोशीले सेवा सुविधाका लागि […]

  • सूचना प्रविधि सम्बन्धी विचार गोष्ठी

    २४ जेष्ठ २०८१, बिहीबार ११:५१

    धुन्चे, नेपाल पत्रकार महासङ्घ रसुवाको आयोजनामा धुन्चेमा एकदिने सूचना प्रविधिको विकाससम्बन्धी विचार गोष्ठी सम्पन्न भएको छ । सूचना प्रविधिको विकास र समस्याको सञ्जाल विषयमा भएको गोष्ठी नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवम् वरिष्ठ पत्रकार किशोर नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । महासङ्घ रसुवाका अध्यक्ष केशव पौडेलको सभापतित्वमा भएको कार्यक्रममा व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रका कार्यकारी अध्यक्ष […]

  • Können Frauen besessen von } Online-Dating werden?

    २४ जेष्ठ २०८१, बिहीबार ०७:५२

    Ernsthaft etwas. Vielleicht haben Sie gesehen diese Wahrheit demonstriert in welche eine hat angesammelt 2.000 Pez-Spender oder investiert über so viele Dollar für die Titanic Erinnerungsstücke? sonst, dann willst du raus unter diesem Stein hervor du warst wohnhaft unter. Wenn das der Fall ist, du dann capture my persönliche Drift. amerikanischer. Eigentlich Moderation. Viel Glück […]

  • आयुर्वेदका सेवाग्राही बालकदेखि वृद्धसम्म

    १७ जेष्ठ २०८१, बिहीबार १३:०२

    धुन्चे, रसुवा जिल्लामा आयुर्वेद औषधालय र आयुर्वेद स्वास्थ्य केन्द्रले दिने सेवा जिल्लावासीका लागि प्रभावकारी बन्दै गइरहेको छ । पछिल्लो समय आयुर्वेदको सेवाप्रति विश्वास बढेकाले सेवा लिनेको सङ्ख्यामा बढोत्तरी भइरहेको छ । आयुर्वेदप्रति जिल्लाका बालकदेखि वृद्धसम्म आकर्षित छन् । गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप थपिन थालेको छ । बाटो पर्दा मात्रै पस्ने […]

  • घरानालाई कर्जा, गरिब कृषकलाई मर्का

    १७ जेष्ठ २०८१, बिहीबार १२:५९

    नेपालको कुल आयातको करिब २० प्रतिशत अंश कृषि उपजले ओगटे पनि नेपाललाई अहिले कृषिप्रधान देश नै भनिन्छ । जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालको कुल जनसङ्ख्यामध्ये ६६ प्रतिशत कृषि पेसामा आबद्ध छन् । पश्चिम एसियाको मरुभूमिमा अवस्थित देश इजरायलमा करिब एक प्रतिशत जनसङ्ख्या कृषि पेसामा आबद्ध भए पनि ऊ कृषि उपजमा आत्मनिर्भर मात्रै छैन, त्यसलाई निर्यात […]

  • Buddha Eyes

    तेस्रो आँखा

    १७ जेष्ठ २०८१, बिहीबार १२:३३

    देशैभरि मंगलबार १७औँ गणतन्त्र दिवस सरकारदेखि दल र अन्य सरोकारवाला निकायले गच्छेअनुसार भव्य रूपमा मनाइरहँदा नुवाकोटमा भने काङ्ग्रेसको तेस्रो गुट जन्माउने असफल प्रयास छताछुल्ल ! गुटको गोलो हो काङ्ग्रेस भन्नेलाई बल पु¥याउँदै नुवाकोटमा केसी र महत गुटमा नपत्याइएका र नअटेका काङ्ग्रेसीजनले चियापान गरेर गणतन्त्रको महसुस गरे । आयोजक भन्नेले भेलाको उद्देश्यको पोको फुकाउन नसक्दा चियाको […]

  • लेखापढी कानुन व्यवसायी एसोसिएसन रसुवाको अध्यक्षमा पाण्डे

    १७ जेष्ठ २०८१, बिहीबार १२:२४

    धुन्चे, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन रसुवाको शनिबार धुन्चेमा सम्पन्न चौथो अधिवेशनले तोयानाथ पाण्डे अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा सञ्जय तामाङ, सचिवमा सितेम्पा तामाङ, सहसचिवमा राज थोक्रा तामाङ, कोषाध्यक्षमा बुद्ध श्रेष्ठ र सदस्यमा राहुल झा, प्राप्ति तामाङ, गोरमेन तामाङ, दावादोर्जे तामाङ चुनिएका छन् । यसअघि प्रथम अधिवेशनबाट बलबहादुर नगरकोटी, दोस्रो […]

  • मानव अधिकार प्रशिक्षण सम्पन्न

    १७ जेष्ठ २०८१, बिहीबार १२:२०

    धुन्चे, रसुवा सदरमुकाम धुन्चेमा एकदिने मानव अधिकार प्रशिक्षण सम्पन्न भएको छ । नेपाल मानव अधिकार सङ्गठन रसुवाका कार्यवाहक अध्यक्ष प्रसुनराज गुरुङका अनुसार प्रशिक्षणमा सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल योगी, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशव भट्टराई, सशस्त्र प्रहरी बल २० नम्बर गुल्मका गुल्मपति सुमन थापा, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख मोहन आचार्य, नेपाली सेना श्रीनाथ गणका […]

  • थाम्बुचेत-काठमाडौं प्रसारणलाइनको ९६ प्रतिशत काम पूरा

    १७ जेष्ठ २०८१, बिहीबार १२:१५

    धुन्चे, रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा पुर्याउन थाम्बुचेत–काठमाडौं राष्ट्रिय प्रसारणलाइन एवम् टावर निर्माण ९६ प्रतिशत पूरा भएको छ । उत्तरी रसुवाको साङ्जेन, रसुवागढीलगायत आसपासका सबै आयोजनाबाट उत्पादित विद्युत् व्यवस्थापन गर्न आमाछोदिङ्मो–४ थाम्बुचेतमा विद्युत् केन्द्र र थाम्बुचेतदेखि हाकु, डाँडागाउँ, ठूलोगाउँ त्रिशूली हुँदै काठमाडौंसम्मको राष्ट्रिय प्रसारणलाइन निर्माण अघि बढाइएको हो । राष्ट्रिय गौरवको […]

  • खेल सुरु भएको चार सेकेन्डमै गोल

    १७ जेष्ठ २०८१, बिहीबार ११:५२

    सुनील श्रेष्ठ विदुर, जिल्ला फुटबल सङ्घ नुवाकोटको आयोजनामा भइरहेको एन्फा नुवाकोट जिल्ला लिग फुटबल प्रतियोगिताको बुधबार खेल सुरु भएको चार सेकेन्डमै गोल गर्दै एन्फा नुवाकोट जिल्ला लिग फुटबल प्रतियोगितामा वनदेवी युवा क्लबका क्याप्टेन आकाश रानामगरले नयाँ कीर्तिमान बनाएका छन् । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा भएको लिगको दोस्रो खेलमा वनदेवीका क्याप्टेन रानामगरले मध्यभागबाट सीधै गोल […]