नुवाकोट

  • ‘क्युआर कोड’ बाट सेवाग्राहीको प्रतिक्रिया

    १ चैत्र २०८०, बिहीबार १३:२४

    रामहरि न्यौपाने विदुर, जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै ‘क्युआर कोड’ सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिक्रिया सङ्कलनका लागि राखिएको पेटिकामा न्यून सहभागिता […]

  • बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ

    १ चैत्र २०८०, बिहीबार १३:१७

    किस्पाङ, नुवाकोटको किस्पाङ गाउँपालिका-५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनको छोरा र बुहारी पक्राउ परेका छन् । ५५ वर्षका नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा उनका छोरा र बुहारीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्रनाउ) खगेन्द्रबहादुर खड्काले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । उनको अनुुसार पक्राउ […]

  • पाञ्चायन देवताको प्राण-प्रतिष्ठाकै दिन पाँच लाख सङ्कलन

    १ चैत्र २०८०, बिहीबार १३:१२

    बट्टार, नुवाकोटको विदुर नगरपालिका-२ बट्टारको मूलडिही दम्कीमा निर्माण भएको पाञ्चायन देवताको मन्दिरमा मूर्तिको प्राण-प्रतिष्ठाको अन्तिम दिन शिवरात्रिका दिन पाँच लाखभन्दा बढी दान भेटीबाट आर्थिक सङ्कलन भएको छ । गत फागुन १८ देखि सुरु भई २५ गते विधिवत् पाञ्चायन देवताको मूर्तिको प्राण-प्रतिष्ठा गरिएको थियो । प्राण-प्रतिष्ठाको एकै दिन दानपेटीमा सङ्कलन भएको २९ हजार एक सय ३० […]

  • Buddha Eyes

    तेस्रो आँखा

    १ चैत्र २०८०, बिहीबार १३:०९

    नेपालमा सत्तागठबन्धन नै सङ्घीय व्यवस्था टिकाउने धरोहर ! नेताको मुडअनुसार देशको व्यवस्था सञ्चालन हुन थालेपछि दल असफल सङ्घीयता डामाडोल ! केन्द्रीय सत्तागठबन्धन परिवर्तनले प्रदेशदेखि स्थानीय सत्ता डगमगाउन थालेपछि नुवाकोटको पालिकामा हल्ली–चल्ली ! अपवित्र गठबन्धनबाट जनताको अभिमत सर–सापट गर्दै गत ०७९ मा स्थानीय सत्तामा पुगेको काङ्ग्रेस र माओवादीका निर्वाचित जनप्रतिनिधि पानी बाराबारको अवस्थामा । उनीहरू नमस्कार […]

  • पोशाक वितरण

    २९ फाल्गुन २०८०, मंगलवार १८:४१

    समुन्द्रटार, नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्यसमिति नुवाकोटको पहलमा दुप्चेश्वर गाउँपालिका वडा नं.–५ साबिक बालकुमारी गा.वि.स.को वडा नं.–३ का स्थानीय विद्यालयमा पढ्ने बालबालिकालाई पोशाक वितरण गरेको छ । संगठनका अध्यक्ष होमबहादुर तामाङको पहलमा नियमित विद्यालय जाऊन् भनि हौसला दिलाउने उद्देश्यले विगतदेखि नै पोशाक वितरण गरिरहेको छ । वार्षिक नियमित कार्यक्रमअनुसार कहीँले विद्यालय जाने पोशाक कहीँले […]

  • ५ सय ६७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

    २७ फाल्गुन २०८०, आईतवार १६:१०

    विदुर, नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा, तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौं र नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठान सर्जिकल आँखा केन्द्र नुवाकोटको संयुक्त आयोजनामा यस वर्ष जिल्लामा भएको मोतियाबिन्दुको नःशुल्क शल्यक्रिया शिविरमा ५ सय ६७ जनाको मोतियाबिन्दुको शल्यक्रिया भईसकेको छ । गत फागुन २२ र २३ गते विदुरमा रहेको नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको […]

  • रेडक्रसको जिल्लासभा सम्पन्न

    २७ फाल्गुन २०८०, आईतवार १६:०६

    विदुर, नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको ३५औं वार्षिक जिल्लासभा शनिबार सम्पन्न भएको छ । जिल्ला शाखाका सभापति हरि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका उप–महामन्त्री मनोजकुमार थापाले उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरी, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, शिवपुरी गाउँपालिका अध्यक्ष […]

  • विदुरका ६० सामुदायिक विद्यालयमध्ये २७ को व्यवस्थापन समिति रिक्त

    २४ फाल्गुन २०८०, बिहीबार १२:२२

    विदुर, नुवाकोटको विदुर नगरपालिकामा रहेका २७ वटा सामुदायिक विद्यालयको व्यवस्थापन समिति रिक्त भएपछि अभिभावक भेला बोलाउने तयारी विद्यालयले गरिरहेका छन् । नेपालको संविधानले स्थानीय निकायलाई सामुदायिक विद्यालयको जिम्मेवारी तोकेको छ । नुवाकोटको पहिलो नगरपालिका विदुरको जिम्मामा रहेका ६० सामुदायिक विद्यालयमध्ये २७ वटा विद्यालयमा व्यवस्थापन समितिको म्याद समाप्त भएको विवरण तयार पारी विद्यालयलाई अभिभावक भेला बोलाउने […]

  • स्याउरीभूमे माविको वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

    २४ फाल्गुन २०८०, बिहीबार १२:१५

    सिक्रे, नुवाकोटको शिवपुरी गाउँपालिका–४ देउरालीमा रहेको स्याउरीभूमे माध्यमिक विद्यालयको आइतबार ४१औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका थिए । उच्च शिक्षा अध्ययनको बहानामा धेरै युवाशक्ति ठूलो रकम खर्चेर विदेश पालयनको जोखिम रोक्न सरकारले गाउँगाउँमा सडक, प्रविधि र शिक्षा पु¥याएर रोजगारी सिर्जना […]

  • ढुङ्गे खण्डको क्षतिपूर्ति वितरण सुरु

    २४ फाल्गुन २०८०, बिहीबार १२:१३

    विदुर, गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाअन्तर्गतको विदुर नगरपालिका क्षेत्रको ढुङ्गे क्षेत्रका घर–टहराको क्षतिपूर्ति वितरण सुरु भएको छ । योजना कार्यालयले सडक प्रभावितलाई सम्पर्क गर्न आउने सूचना प्रकाशित गरेर प्रक्रिया पु¥याई क्षतिपूर्ति रकम वितरण सुरु गरेको हो । नौ वर्षअघि राष्ट्रिय गौरवको योजनामा समावेश गरेर निर्माण थालेको यो सडकको निर्माण घर–जग्गाको क्षतिपूर्तिको कारणले रोकिएको थियो । स्थानीय प्रभावितले […]