नुवाकोट

  • आइसिएफसीका ग्राहकलाई नेपाल अस्पतालमा छुट

    ७ भाद्र २०८०, बिहीबार ११:४७

    त्रिशूलीबजार, आइसिएफसी फाइनान्स लिमिटेडका देशैभरिका सबै ग्राहकले अब नुवाकोट जिल्ला विदुर नगरपालिका-१ ढुङ्गेमा सञ्चालन भइरहेको नेपाल अस्पतालमा औषधोपचार गर्दा छुट पाउने भएका छन् । फाइनान्सले डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको हो । सम्झौतापश्चात् आइसिएफसी फाइनान्सका डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले हस्पिटलका […]

  • खानेपानी मुहानको मर्मत सुरु

    ७ भाद्र २०८०, बिहीबार ११:३२

    विदुर, वर्षात् सुरु भएसँगै विदुर नगरवासीले भोग्दै आएको खानेपानीको समस्या यस वर्ष पनि सुरु भएको छ । खानेपानी मुहानको दिगो समाधानमा सरोकारवाला निकायले ध्यान नदिँदा विदुर नगरपालिका १, २, ४, ५, ६, ८ र ९ का उपभोक्ताले वर्षात् सुरु भएपछि विगतदेखि नै खानेपानीको समस्या भोग्दै आएका छन् । यस वर्ष पनि गत साउनको २७ र […]

  • नुवाकोट उद्योग वाणिज्य सङ्घद्वारा सिडिओको स्वागतमा परिचय कार्यक्रम

    ७ भाद्र २०८०, बिहीबार ११:२३

    विदुर, नुवाकोटमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को स्वागत गर्दै नुवाकोट उद्योग वाणिज्य सङ्घले बुधबार परिचय कार्यक्रम गरेको छ । गृह मन्त्रालयले नुवाकोटसहित चार जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को गत हप्ता सरुवा गरेको थियो । मन्त्रालयले गत मंगलबार गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन् । मन्त्रालयले […]

  • विदुर क्षेत्रमा खानेपानीको अभाव

    ३२ श्रावण २०८०, बिहीबार १३:१८

    बट्टार, विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विदुर नगरपालिका क्षेत्रभित्र वितरण गर्दै आएको फंलाखु खोलाको मुहान श्रावण २७ र २८ गतेको अविरल वर्षाले बगाईदिएको छ । मुहान बगाएपछि नगरपालिकाभित्र वितरण हुने खानेपानी चार दिनदेखि अभाव भएको छ । फंलाखु खोलामा आएको भिषण बाढीले मेन लाइनको ३ सय ५० मिटरको हेड.डि.आई पाईप पूर्णरूपले क्षति भएको छ […]

  • रसुवागढी नाका नेपालीलाई सधैँ असहज !

    ३२ श्रावण २०८०, बिहीबार १२:३२

    नेपाल र चीनबीच सञ्चालनमा रहेका सीमानाकामध्ये रसुवागढी–केरुङ नाका ऐतिहासिक व्यापारिक पुरानो नाका हो । प्राचीनकालमा नेपाल र भोटबीचको प्रमुख व्यापारिक नाका यही थियो । नेपाली र चिनियाँ व्यापारी यही नाका हुँदै एक–अर्काका देशमा व्यापारका लागि आवत–जावत गर्थे । लिच्छविकालमा चीनका स्रङचङ गम्पोसँग विवाह गरेकी अंशुबर्माकी छोरी भृकुटी माइती–घर आउजाउ यही बाटो ओहोर–दोहोर गरेको इतिहासमा उल्लेख […]

  • बालाजु-ककनी-पिपलटार सडक आठ वर्षदेखि अलपत्र

    ३२ श्रावण २०८०, बिहीबार १२:२७

    रानीपौवा, नुवाकोट राजधानी काठमाडौंको नजिक र पटक–पटक अर्थमन्त्री भएको जिल्ला हुँदा पनि सुविधायुक्त र भरपर्दो सडक पूर्वाधार निर्माण हुन सकेको छैन । सरकारले सडक पूर्वाधारका लागि सुरु गरेको योजनाको काम समयमा नहुँदा जिल्लावासीले विकास निर्माणको नाममा वर्षौँदेखि सास्ती भोगिरहेका छन् । बालाजु–ककनी–पिपलटार–गँगटे–छहरे सडक आयोजना सुरु भएको आठ वर्ष बितिसकेको छ । बालाजु–ककनी–पिपलटार खण्डको सडक विस्तार […]

  • वनदेवीमा हरियाली पार्क निर्माणको गुरुयोजना तयार

    ३२ श्रावण २०८०, बिहीबार १२:०७

    विदुर, नुवाकोटको प्रमुख धार्मिकस्थलमध्येको विदुर नगरपालिका–२ मा रहेको वनदेवी मन्दिर परिसरमा हरियाली पार्क निर्माणका लागि विदुर नगरपालिकाले वडासँग समन्वय गरेर गुरुयोजना तयार गरेको छ । नगरपालिकाको अनुरोधमा सहरी विकास मन्त्रालय भवन शाखा नुवाकोटले वनदेवी क्षेत्रलाई समेटेर हरियाली पार्कका लागि गुरुयोजना तयार गरिदिएको छ । गुरुयोजनाअनुसार करिब पाँच करोड रुपैयाँ पार्क निर्माण गर्न खर्च हुने बताइएको […]

  • प्रेस युनियन नुवाकोटको अधिवेशन सम्पन्न

    २५ श्रावण २०८०, बिहीबार १२:२८

    विदुर, नेपाली काङ्ग्रेसनिकट पत्रकारको संस्था नेपाल प्रेस युनियन नुवाकोटको सातौँ जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले गरेका थिए । उनले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीयतापछि गाउँगाउँमा सिंहदरबारको नारा अघि सारिए पनि जनताले व्यवहारमा महसुस गर्न नपाएको बताए । कार्यक्रमका प्रमुख अतिथि नेता केसीले सरकारले […]

  • नुवाकोटमा घटेन असारे खर्च गर्ने प्रवृत्ति

    २५ श्रावण २०८०, बिहीबार १२:२१

    विदुर, आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने प्रवृत्ति समस्याकै रूपमा हाम्रो देशमा रहँदै आएको छ । असारमा हुने बजेट खर्चको आलोचना हुने गरेको र यसलाई सरकारले सुधार गर्ने बर्सेनि प्रतिबद्धता जनाए पनि खर्च गर्ने प्रवृत्तिमा कमी आउन सकिरहेको छैन । गत आ.व. ०७९/८० मा पनि सरकारले असारमै धेरै खर्च गरेर विगतदेखिको प्रवृत्तिले निरन्तरता पायो । […]

  • ‘भ्युटावर’ व्यवस्थापन गर्न ककनी र बेलकोटगढी इच्छुक

    २५ श्रावण २०८०, बिहीबार १२:१३

    रमेश शिलवाल रानीपौवा, बागमती प्रदेश सरकारले प्रदेशका नौ जिल्लामा एक–एकवटा ‘भ्युटावर’ (दृश्यावलोकन स्तम्भ) निर्माण गरेको छ । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका र ककनी गाउँपालिकाको निर्माण सम्पन्न भएको भ्युटावरको व्यवस्थापन गर्न पालिका इच्छुक रहेका छन् । पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७५/७६ देखि ०७९/८० सम्ममा नौवटा ‘भ्युटावर’ बनाउन २३ करोड ८७ लाख ८८ हजार […]